Ad image

सोचे भन्दा धेरै बिरामीहरु उपचार गर्न आउनु भयो, डा.युबराज खरेल

मालश्री खबर
मालश्री खबर १३ मंसिर २०७९, मंगलवार
6 Min Read
Aa

लोकेन्द्र चन्द / मंसिर १३, रोल्पा ।

आफुहरुले सोचे भन्दा धेरै बिरामिहरु शिबिरमा उपचार गर्न आएको नेपाल अर्थोपेडिक अस्पताल जोरापाटी काठ्मान्डौका बरिष्ठ हाडर्जाेनी बिशेषज्ञ डाक्टर युबराज खरेलले बताउनु भएको छ । काठ्माण्डौ बाट रोल्पामा हिड्दै गर्दा आफ्नो मनमा बिरामीको संख्या कति होला भनेर जिज्ञासा खेलाउँदै आएको समेत बताउनु भयो ।रोल्पामा यति धेरैको सेवा गर्न पाँउदा आफुहरु साह्रै खुशि भएको समेत डाक्टर खरेलले बताउनु भयो । यो क्षण आफु र आफ्नो टोलीको लागी सधै सम्झन लाएक पल भएको बताउनु भयो ।

यति धेरैको शिबिरमा सेवा गरे पनि शुरुमा रोल्पामा यति धेरै बिरामीहरु आउन सक्ने भने पहिलेनै आफुहरुलाई जानकारी गराएको भए अली धेरै दिन सम्म शिबिर संचालन गर्न सकिने बताउनु भयो । पहिले नै आफुहरुलाई जानकारी नभएको हुनाले यसै पटकमा समय थप्न सक्ने अबस्था भने नभएको बताउनु भयो । यति धेरै बिरामीहरुको उपचार गरे पनि अझै केहि बिरामीको चाहेर पनि छोटो समयका कारणले सेवा गर्न नपाएको दुःख समेत ब्यक्त गर्नु भयो । शिबिर सफल बनाउनको लागी रोल्पा अस्पतालको डाक्टर लगाएत स्वास्थ्य कर्मिको टोली, अस्पताल व्यवस्थापन समिती, स्थानिय सरकार, स्वास्थ्य कार्यालय, पत्रकार, सुरक्षाकर्मि, राजनैतिक दल, नागरिक समाज बिभिन्न सरकारी गैर सरकारी कार्यालय लगाएत आम रोल्पाबासी नागरिकलाई धन्यवाद समेत दिनु भएको थियो हाडर्जाेनी बिशेषज्ञ डाक्टर युबराज खरेलले ।

- Advertisement -
Ad image

शिबिर समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी रोल्पा नगरपालिकाकी उपमेयर गिता आचार्यले आर्थिक अभाब भएका रोल्पालीहरुको लागी शिबिर संचालन गरेर रोल्पा र रोल्पालीलाई आयोजकले ठुलो गुण लगाएको बताउनु भएको थियो । यस्ता खालका शिबिरहरु फेरी पनि रोल्पा आयोजना गरेर रोल्पाली जनतालाई सेवा दिनको लागी आयोजकलाई उपमेयर गीता आचार्यले आग्रह समेत गर्नु भएको थियो ।

सोहि कार्यक्रमका बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले सिमीत श्रोत साधनको बाबजुट पनी यति धेरै रोल्पाली नागरिकको सेवा गरेकोमा आयोजकलाई धन्यवाद दिनु भएको थियो । संभब भएमा फेरी पनि रोल्पामा यस्तो प्रकारको शिबिर संचालन गर्न आयोजकलाई आग्रह समेत गर्नु भएको थियो । यस बाहेक अहिले सम्म भएको सबै स्वास्थ्य शिबिरहरु राम्रो सँग सफल भएर रोल्पाले लांखौले स्वास्थ्य सेवा लिएको समेत प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी गराउनु भएको थियो । कोरोना महामारीको समयमा रोल्पा अस्पताल रेउघा, स्वास्थ्य कार्यालय रोल्पा र सारा जिल्ला भित्रका स्वास्थ्य कर्मिहरुले नागरिक बचानको लागी दिन जनताको सेवा गरेर हजारौं नागरिकको जिवन रक्षा गरेको भन्दै रोल्पाली डाक्टर र स्वास्थ्य कर्मिहरुको खुलेर प्रंससा समेत गर्नु भएको थियो ।

कार्यक्रमकै अवसरमा रोल्पा अस्पताल बिकास बोर्डका अध्यक्ष फबिन्द्र आचार्यले रोल्पामै शिबिर संचालन हुँदा रोल्पालीको ठुलो मात्रामा करोडौको आर्थिक बचट यतिकै मात्रामा समयको समयको समेत बचत भएको बताउनु भएको थियो । शिबिरमा रोल्पा अस्पतालको टोलीले सकेजतीको सहयोग गरेको बताउदै अध्यक्ष आचार्यले आफुहरुको तर्फ बाट केहि गल्ती भएको भएमा त्यसलाई आफुहरुको अञ्जानमा भएको गल्तीको रुपमा ल्याई दिन समेत अनुरोध गर्नु भएको थियो । आयोजकले सकेमा फेरी रोल्पाली आम नागरिकको शिबिर संचालन गरेर सेवा गर्न आउनको लागी समेत आग्रह गर्नु भएको छ ।

रोल्पा अस्पताल रेउघा रोल्पाका निमित्त कार्यालय प्रमुख डाक्टर सोम आलेको स्वागत मनतब्य बाट सुरु भएको समापन कार्यक्रमको अध्यक्षता रोल्पा अस्पताल बिकास बोर्डका अध्यक्ष फबिन्द्र आचार्यको अध्यक्षाले गर्नु भएको थियो । रोल्पा अस्पताल र स्वास्थ्य कार्यालय रोल्पाका लेखापाल मोतिराज न्यापानेले सहजिकरण गरेको कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार, नागरिक समाज, स्वास्थ्यकर्मि , राजनैतिक दल लगाएतको सहभागीता रहेको थियो । यसरी रोल्पाली जनताको सेवामा दिन रात नभनेर शिबिरमा सेवा गरेको भन्दै शिबिरमा आएका डाक्टर, नर्सिङ स्टाप र अन्य स्वास्थ्यकर्मिहरुलाई प्रंससा पत्रद्धारा सम्मान समेत गरिएको थियो ।

रोल्पा अस्पताल रेउघामा मंसिर १० गते देखि संचालन भएको निशुल्क हाडजोर्नी तथा नशा सम्बन्धी स्वास्थ्य शिबिरमा ११ सय ४७ जनाले ओपिडी सेवा लिएका छन भने ६२ जनाको अप्रेसन भएको आयोजकले जानकारी दिएको छ । मंसिर १० गते देखी १४ गते सम्म सिबिर संचालन भएको थियो ।

सिविरमा नेपाल अर्थोपेडिक अस्पताल जोरापाटी काठ्मान्डौका बरिष्ठ हाडर्जाेनी बिशेषज्ञ डाक्टर युपराज खरेल लगाएत ८ जना डाक्टर, अन्य नर्सिङ स्टाफ र फार्मेसीको गरि जम्मा १६ जना स्वास्थ्य कर्मिको टोलीले सेवा दिएको नेपाल अर्थोपेडिक अस्पताल जोरापाटी काठ्मान्डौकी असिस्टेन पुजा कंवरले जानकारी दिनु भयो ।

शिबिरमा रोल्पा अस्पताल रेउघामा कार्यरत डाक्टर नर्सिङ स्टापको टोलीले पनि सेवा दिएको रोल्पा अस्पतालले जानकारी दिएको छ । शिबिरमा खुट्टाको पैटला फर्किएका, जन्मजात हातखुट बागिँएका, हात वा खुटमा बिकृतीजन्य समस्याहरु, हात वा खुट भाँचिएका, हातखुट भाँचिइ बांगिएर जोडिएका, भाँचिएकोमा पाता वा किला राखिएका बिरामिहरुको शल्यक्रिया मार्फत उपचार गरिको डाक्टर खरेलले जानकारी दिनु भयो ।

आफुहरुले सोचेभन्दा धेरै बिरामिहरु आएर सेवा लिएको समेत डाक्टर खरेलले बताउनु भयो । रोल्पा आँउदै गर्दा बिरामी कम आँछनकि भन्ने आफुहरुलाई चिन्ता लागेकोे बताउनु भयो । तर शिविरमा सोचे भन्दा धेरै बिरामि आएकाले बिहान ८ बजे देखि राती ९ बजे सम्म सेवा दिईरहेको डाक्टर युवराज खरेलले बताउनु भयो । शिबिरमा रोल्पा जिल्ला र छिमेकी जिल्ला रुकुम र प्युठानका बिरामिहरुले पनि सेवा लिएको रेउघा अस्पताल प्रसासनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array