Ad image

गाउँमै सामाजिक सुरक्षा भत्ता पाए पछि जेष्ठ नागरिकहरु हर्षित

मालश्री खबर
मालश्री खबर १३ मंसिर २०७९, मंगलवार
3 Min Read
Aa

भरत नेपाली, मंसिर १३ रोल्पा

हातमा लौरो कुप्रो परेको शरीर उमेरले ८४ वसन्त पार गर्न लागेकी बेलि डागिले आफ्नै घर आगन बाट सामाजिक सुरक्षा भत्ता बुझेको पैस देखाउदै भनिन पहिले भत्ता बुझ्न सुलिचौर जानू पर्दथ्यो, म बुढाे मान्छे गाडीमा कोचा कोच गरेर बस्नु पर्ने बैङ्क र बाटोमा सहारा दिने एक जना मान्छे लग्नु पर्दथ्यो सुलिचौर आउदा जादा एक हजार भन्दा बढि खर्च हुने गर्द्थ्यो आज गाउँ घर बाट भत्ता पाउँदा आफू धेरै खुसी र हर्सित भयको डागिले बताइन ।

उनी मात्र होइन सुनिलस्मृती गाउँपालिका वडा १ थुम्पाकि र पन्चिकोटाेका ६५ जना जेष्ठ नागरिक, वृद्ध एकल महिलाले गाउँ घर बाट भत्ता पाउँदा खुसी र हर्सित भएका हुन । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालय र गाउँ घर बाट वितरण गर्न शुरु गरे पछि सामाजिक सुरक्षा भत्ता पाउनेहरु हर्सित भएका हुन ।

 

- Advertisement -
Ad image

स्थानीय तह भए सगै सामाजिक सुरक्षा भत्ता बैङ्क बाट दिन लागे पछि सामाजिक सुरक्षा भत्ता बुझ्न सुनिलस्मृती गाउँपालिकाको केन्द्र सुलिचौर बैंकमा जानू पर्दथ्यो । त्यहाँ भत्ता लिन जादा बाटोमा समस्या हुने बैङ्कमा लाइन बस्नु पर्ने, बाटोमा पैसा चोरी हुने जस्ता जनगुनासो आए पछि सुनिलस्मृती गाउँपालिकाले कार्यपालिका बाट निर्णय गरि वडा बाट वितरण गर्न लागेको सुनिलस्मृती गाउँपालिकाले बताए को छ । सुनिलस्मृती गाउँपालिका वडा न १ घोडागाउँको थुम्पाकी र पन्चिकोटमा ग्लोबल आइ. एम.इ. बैङ्क सुलिचौर, १ न वडाका जनप्रतिनिधि सहितको टाेली थुम्पाकी र पन्चिकोट गाउँ मै पुगि सोमबार सामाजिक सुरक्षा भत्ता वितरण गरियको थियो ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्न जानू भएका सुनिलस्मृती गाउँपालिका १ न वडा अध्यक्ष पबन कवरले हामिले निर्वाचनको समयमा तपाईहरु सग गाउँ घर बाट सामाजिक सुरक्षा भत्ता दिने ब्यबस्था गर्ने प्रतिबद्ध गरे अनुसार वितरण गरेको बताउदै घोडागाउँ बाट सुलिचौर बैंक टाढा हुनाले यहाँ आमा बुवाहरुले विभिन्न समस्या भोग्नु पर्ने, बैंक र बाटोमा दु:ख पाउने, बिचैमा पैसा लुटिने समस्या भएकोले वडा बाट भत्ता वितरण गरेको बताउनु भयो ।

 

यस अघि पहिले भत्ता बुझ्न सुलिचौर जानू पर्ने समय लाग्ने , पैसा खर्च हुने गर्दथ्यो एक्लै बैङ्कमा जान सकिँदैन थियो अर्को मान्छे लिनु पर्दथ्यो आज आफ्नै गाउँ घर बाट भत्ता पाउँदा आफू धेरै खुसी भएको स्थानीय मान बहादुर बि.क ले बताउनु भयो । त्यस्तै स्थानीय लिल बहादुर परियारले भने सुलिचौर बैङ्कमा २ घण्टा लाइनमा बसेर बल्ल बल्ल पायको पैसा बाटोमा केही हुन्छ कि कसैले चोरि दिन्छ्न कि भन्ने डर हुने गर्द्थ्ये तर आज आफ्नै गाउँ घर बाट भत्ता पाउँदा ठूलो राहत भएको भन्दै गाउँ मै यस्तो सेवा दिने अहिलेका जनप्रतिनिधी, कर्मचारीलाई धन्यवाद समेत दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्