Ad image

निशुल्क हाडजोर्नी तथा नशा सम्बन्धी ओपिडी तथा शल्यक्रियाको आज अन्तिम दिन, अहिले सम्म २८८ जनाले ओ.पि.डी. सेवा लिए

मालश्री खबर
मालश्री खबर १३ मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

 

 

मालश्री अनलाइन, मंसिर १३, रोल्पा । रोल्पा अस्पताल रेउघामा संचालन भइरहेको निशुल्क हाडजोर्नी तथा नशा सम्बन्धी ओपिडी तथा शल्यक्रिया सिबिर आज तेस्रो दिन पनि जारी रहेको छ । मंसिर ११ गते देखी १३ गते आज सम्म सञ्चालन हुने छ । सिबिर हिजो पनि जारी रह्यो । हिजो २८८ जनाले ओ.पि.डी. सेवा लिएको रोल्पा अस्पताल रेउघा रोल्पाका अस्पताल ब्यवस्थावक शसी लामिछानेले जानकारी दिनु भएको छ ।

 

- Advertisement -
Ad image

उक्त सिबिरमा अहिले सम्म १ हजार ८७ जनाले ओ.पि.डी सेवा लिएको लिएका छन् । रोटरी क्लव अफ नेपालको व्यवस्थापन तथा नेपाल अर्थोपेडिक अस्पताल जोरापाटी काठ्मान्डौको प्राबिधिक सहयोगमा शिबिर सन्चालन भएको रोल्पा अस्पताल रेउघाका एमडिजिबि डा. रण बहादुर बोगटीले बताउनु भएको छ । हिजो १० जनाको शल्यक्रिया भए सगँै ४० जनाको शल्यक्रिया भएको बताइएको छ ।

सिविरमा नेपाल अर्थोपेडिक अस्पताल जोरापाटी काठ्मान्डौका बरिष्ठ हाडर्जाेनी बिशेषज्ञ डाक्टर युपराज खरेल लगाएत ८ जना डाक्टर, अन्य नर्सिङ स्टाफ र फार्मेसीको गरि जम्मा १६ जना स्वास्थ्य कर्मिको टोलीले सेवा दिइरहेको नेपाल अर्थोपेडिक अस्पताल जोरापाटी काठ्मान्डौकी असिस्टेन पुजा कंवरले जानकारी दिनु भयो ।

शिबिरमा रोल्पा अस्पताल रेउघामा कार्यरत डाक्टर नर्सिङ स्टापको टोलीले पनि सेवा दिएको रोल्पा अस्पतालले जानकारी दिएको छ । शिबिरमा खुट्टाको पैटला फर्किएका, जन्मजात हातखुट बागिँएका, हात वा खुटमा बिकृतीजन्य समस्याहरु, हात वा खुट भाँचिएका, हातखुट भाँचिइ बांगिएर जोडिएका, भाँचिएकोमा पाता वा किला राखिएका बिरामिहरुको शल्यक्रिया मार्फत उपचार भइराखेको छ ।

 

 

आफुहरुले सोचेभन्दा धेरै बिरामिहरु आएर सेवा लिएको समेत डाक्टर खरेलले बताउनु भयो । रोल्पा आँउदै गर्दा बिरामी कम आँछनकि भन्ने आफुहरुलाई चिन्ता लागेकोे बताउनु भयो । तर शिविरमा सोचे भन्दा धेरै बिरामि आएकाले बिहान ८ बजे देखि राती ९ बजे सम्म सेवा दिईरहेको डाक्टर युवराज खरेलले बताउनु भयो । शिबिरमा रोल्पा जिल्ला र छिमेकी जिल्ला रुकुम र प्युठानका बिरामिहरुले पनि सेवा लिएको रेउघा अस्पताल प्रसासनले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्