Ad image

सुनिलस्मृती गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरण गर्न सुरु

मालश्री खबर
मालश्री खबर १२ मंसिर २०७९, सोमबार
3 Min Read
Aa

भरत नेपाली, मंसिर १२ रोल्पा । सुनिलस्मृती गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरण गर्न सुरु गरेको छ ।
स्थानीय तह भए सगै साबिकाको गाबिस बाट दिदै आएको सामाजिक सुरक्षा भत्ता बैङ्क बाट दिन लागिए पछि सामाजिक सुरक्षा भत्ता बुझ्न गाउँपालिकाको केन्द सुलिचौरमा रहेको बैंक बाट लिन समस्य भयको जनगुनासो आए पछि सुनिलस्मृती गाउँपालिकाले कार्यपालिका बाट निर्णय गरि वैङ्क सग समन्वय गरि वडा बाट वितरण गर्न लागेको हो ।


सुनिलस्मृती गाउँपालिका वडा न १ घोडागाउँ बाट आज सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा बोल्दै ग्लोबल आइ।एम।इ बैङ्क सुलिचौर रोल्पाका प्रबन्ध निर्देशन आउदय शर्माले सबै भन्दा पहिले सामाजिक सुरक्षा भत्ता पाउनेहरुले आफ्नो कागजात मिलाउनु पर्ने बताउदै तपाईंहरुलाइ आति आबश्यक परे मात्र बैंक बाट पैसा निकाल्न सक्नु हुन्छ होइन भने बैंकमा पैसा भए ब्याज पाइने भएकोके बैङ्कमा रख्न अनुरोध गर्नु भयो । बैङ्कमा जम्मा गरेको पैसा तपाईंहरुले जति बेला पनि निकाल्न सक्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै सुनिलस्मृती गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीले आफू गाउँपालिका अध्यक्ष नहुँदै वृद्ध बुवा आमा बैंकमा लाइनमा बसेको बैङ्कमा जादा खर्च गरेको आफुले प्रत्यक्ष देखेको बताउदै म गाउँपालिकाको अध्यक्ष भए पछि वडा बाट भात्ता बाडने कार्यपालिका बाट निर्णय गरेको बताउनु भयो । त्यस्तै बुढाथोकीले पहिलो चरणमा वडाको केन्द्र बाट वितरण गर्ने त्यस पछि बस्ती बस्तीमा पुगि सामाजिक सुरक्षा भत्ता बाढने तयारीमा गाउँपालिका रहेको बताउनु भयो । त्यस्तै बुढाथोकिले हामिले निर्वाचनमा तपाईंहर सग प्रतिबद्ध गरेका थियौ सोही अनुसार कार्यन्वन गरेको बताउदै तपाईंहरुको वडा र बस्तिहरुमा बिकास निर्माणका काम गर्न कुनै समस्य आइ परे वड, गाउँपालिकामा सम्पक गर्न अनुरोध गर्नु भयो ।


कार्यक्रममा वडा अध्यक्ष पबन कवरले हामिले निर्वाचनको समयमा तपाईहरु सग गाउँ घर बाट सामाजिक सुरक्षा भत्ता दिने ब्यबस्था गर्ने प्रतिबद्ध गरे अनुसार वितरण गरेको बताउदै घोडागाउँ बाट सुलिचौर बैंक टाढा हुनाले यहाँ आमा बुवाहरुले विभिन्न समस्या भोग्नु पर्ने,बैंक तथा बाटोमा दुस्ख पाउने,बिचैमा पैसा लुटिने समस्य भएकोले वडा बाट भत्ता वितरण गरेको बताउनु भयो ।
यस अघि पहिले भत्ता बुझ्न सुलिचौर जानू पर्ने समय लाग्ने , पैसा खर्च हुने गर्दथ्यो एक्लै बैङ्कमा जान सकिँदैन थियो अर्को मान्छे लिनु पर्दथ्यो आज आफ्नै गाउँ घर बाट भत्ता पाउँदा आफू धेरै खुसी भएको स्थानीय गुन्टे कामिले बताउनु भयो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array