Ad image

बेरोजगार व्यक्तिहरुलाइ अभिमुखिकरण कार्यक्रम सप्पन्न

मालश्री खबर
मालश्री खबर ११ मंसिर २०७९, आईतवार
3 Min Read
Aa

भरत नेपाली, मसिर११ रोल्पा। सुनिलस्मृती गाउँपालिका रोजगार सेवा केन्द्र सुलिचौर रोल्पाको आयोजनामा आज वडा न १ घोडागाउँमा बेरोजगार ब्यक्तीहरुलाइ अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आ।ब। २०७९र०८० मा न्युनतम १ सय दिनको रोजगारीमा सङ्लग्न हुनको लागि छनौटमा परेका ब्यक्तिहरु लाई अभिमुखिकरण गरिएको हो ।

अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथी तथा सुनिलस्मृती गाउँपालिका उपाध्यक्ष मिना थापाले राज्यले गरिब र न्यून आय भयका बेरोजगार ब्यतिहरुलाइ आर्थिक रुपमा शसक्त गर्न र देश मै रोजगारी दिनको लागि ७ सय ५३ वटै स्थानीय तह सग समन्वय गरि काम गरि रहेको बताउदै यो आ।ब।मा हाम्रो पालिकाको ८ वटै वडा बाट ९७ जना बेरोजगार ब्यतिहरुलाई छनौट गरेकाले सबै जना इमान्दारिका साथ प्राबिधिकको स्टमेट अनुसार नमुना काम गर्न आग्रह गर्नु भयो ।

त्यस्तै थापाले गत आ।ब।मा पालिकाको विभिन्न वडाहरुमा नमुना योग्री काम भएको बताउदै तपाईंहरुले १ सय दिनको रोजगार पायकोमा आफुलाइ भाग्यमानी ठानि काम गर्न अनुरोध गर्नु भयो । थापाले काम गर्दा कुनै समस्या आइ परे गाउँपालिका,वडा कार्यालयमा सम्पर्क गरि सहज र सरल रुपमा काम गर्न सहभागीहरुलाइ अनुरोध गर्नु भयो ।

- Advertisement -
Ad image

उक्त अभिमुखिकरण कार्यक्रमको अध्यक्ष तथा सुनिलस्मृती गाउँपालिका १ न वडा अध्यक्ष पबन कवरले वडा भित्रका जनताको मुख्य आबश्यकतामा रहेका ४ वटा योजना वडाले छनौट गरि कार्यपालिकाले पास गरेको बताउदै यो आर्थिक वर्षमा यस वडा बाट ९ जना बेरोजगार ब्यती १ सय दिनको रोजगारीमा छनौटमा परेको बताउनु भयो ।

त्यस्तै कवरले रोजगारको शिलसिला भारत लगायत खाडि मुलुकमा धेरै नेपालीले दुख कष्ट पायको भन्दै स्वदेश मै रोजगारी सृजना गर्न राज्यले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गाउँ घर मै रोजगार दियको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा सुनिलस्मृती गाउँपालिका रोजगार सयोजक प्रतिभा पौडेलले अभिमुखिकरण कार्यक्रमलाई सहजीकरण गर्दै प्रत्येक वर्षको फागुन महिना भित्र फारम भर्ने भएकोले सबै जनालाई जानकारी दिन अनुरोध गर्दै फारम भरेकाले आफू छनौट नपरेको भन्दै वडा र गाउँपालिकाको कार्यालयमा गुनासो आउने गरेको बताउदै फारम कसरी भर्ने, फारम के(के लेख्ने,विवरण कसरी राख्ने लगायतको विषयमा जानकारी दिनु भएको थियो । कार्यक्रममा सुनिलस्मृती गाउँ कार्यपालिका सदस्य तुल्सी सुनार, १ न वडाका वडा सदस्यहरु,वडा सचिव र बेरोजगामा छनौटमा परेका ब्यतिहरु लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array