Ad image

परिवार योजना सेवाको समस्या, चुनौति र सूक्ष्म योजना सम्बन्धी अभिमुखिकरण लिबाङमा सुरु

मालश्री खबर
मालश्री खबर ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, मंसिर ९ रोल्पा ।
परिवार योजना सेवाको समस्या, चुनौति र सूक्ष्म योजना सम्बन्धी अभिमुखिकरण लिबाङमा सुरु भएको छ । स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा युएनएफपिएको सहयोगमा सिद्धार्थ सामाजिक विकाश केन्द्र कपिलबस्तुको समन्वयमा अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो ।

रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका र गङ्गादेव गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक, उप–संयोजक गरि २५ जना स्वास्थ्य कार्मिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । उपस्थ्ति स्वास्थ्यकर्मीहरुलाई सूक्ष्म योजना, विश्लेषण र तथ्याङ्क सम्बन्धी अभिमुखिकरण गरिएको आयोजकले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

कार्यक्रममा स्वास्थ्य कार्यालया रोल्पाका जनस्वास्थ्य निरिक्षक कृष्ण पोखरेल, कुमार थापा, मोतिराज न्यौपाने र युएनएफपिएका जिल्ला कार्यक्रम संयोजक केदार रानाले परिवार योजनाका साधनमा सहज पहुँच बढाउनुपर्ने बारेमा सुझाउनु भएको थियो ।

अभिमुखिकरण कार्यक्रमको मुख्य सहजकर्तामा स्वास्थ्य कार्यालय रोल्पाका परिवार योजना सुपरिवेक्षक कुमार थापा रहनु भएको थियो भने सिद्धार्थ सामाजिक विकासका निस्ता र रामनारायण साहको पनि उपस्थिती रहेको थियो । अभिमुखिकरण कार्यक्रम मंसिर ९ र १० गते दुइ दिन चल्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array