Ad image

रोल्पाको विकाशका लागि हामी सबै एक भएर लाग्नु पर्छ – प्रदेश सांसद महरा

मालश्री खबर
मालश्री खबर ८ मंसिर २०७९, बिहीबार
3 Min Read
Aa

मालश्री खबर/ मंसिर ८ रोल्पा ।

समग्र रोल्पाको बिकास र समृद्धिका लागि सबै एक भएर लाग्नु पर्नेमा लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महराले बताउनु भएको छ । लोकतान्त्रिक बाम गठबन्धन रोल्पा क्षेत्र नंं. १ क का बिजयी उम्मेद्धार जोख बहादुर महराले उक्त कुरा बताउनु भएको हो ।

रेडियो मालश्रीको निर्वाचन बिशेष कार्यक्रममा बोल्दै उहाले जनाताको अगाडि भाषण गरेर सम्बोधन मात्रै गरेर सपना बाड्ने मात्र नभएर आफु जनताहरु सँगै बसेर छलफल गरेर काम गर्ने बताउनु भयो । जनताका समस्या फाइलमा टिपोट गरेर राखेको भन्दै आफुले ति टिपोट अध्यन गरेर अगाडि बढ्ने पनि बताउनु भएको छ । शिक्षा, स्वास्थ्य संचार, खानेपानी, पुर्बाधार बिकासका काममा गठबन्धनका साथिहरुसँग बसेर छलफल गरि जनताहरु सगँ छलफल गरि योजना बनाइ अगाडि बढ्ने उहाले धारणा राख्नु भएको छ ।

सपना बाडेर होइन अहिलेको आबश्यकता के हो ? जे सकिन्छ आफुले जनताका लागि के सम्म गर्न सकिन्छ, त्यति मात्र बोल्नु पर्ने भन्दै उहाले जनतालाइ आस्वासन मात्र दिन नहुने उहाले बताउनु भयो । कतिपय चुनाब जितेर गइसके पछि आफ्नो क्रेज बनाउने, आफुले आफुलाइ सो गर्ने गरेको हुनाले आफुले त्यस्तो नगरेर जनताको काम गर्ने भन्दै कति गर्न सकिन्छ जनता,, नागरिक समाज पत्रकारहरु सगँ हातेमालो गरेर अघि बढ्ने उहाले बताउनु भयो ।

- Advertisement -
Ad image

जनताहरुका धेरै अपेक्षा छन सडक सन्जालाका बिकास, विद्यालय शिक्षा, शिक्षकको दरवन्दी, स्वास्थ्यको क्षेत्रमा एम्बुलेन्सको ब्यवस्था, रोजगार लगाएतका बारेमा जनताहरु सगं बसी प्रदेश तथा सघँ सबैले हातेमालो गर्नु पर्ने बताउनु भयो । उहाले रोल्पाली जनता भाग्यमानि भएको भन्दै यहाका जनताले संघ र प्रदेशमा प्रभाव राख्ने नेता जन्माएको बताउदै पहिलेको रोल्पा र अहिलेको रोल्पामा धेरै फरक भएको बताउनु भयो ।

जिल्लामा थुप्रै खानिहरु जस्तै चुन ढुगाँ, सुन खानि, तामा, सिसा, फलाम खानि भएको हुनाले ति खानिको पहिचान गरि उत्खनन गर्ने प्रकृयाको सुरुवात गर्ने पनि बताउनु भयो । उहाले पर्यटकिय क्षेत्रमा धरै क्षेत्र भए पनि पुर्वाधार विकाशमा ध्यान दिने बताउदै पर्यटकिय क्षेत्रको बिकासमा प्रदेशले ध्यान दिने कुरामा जोड दिनु भयो ।

आफुले चुनावमा फजुल खर्च नगरी सामान्य खर्चमा चुनाव जितेको बताउदै कसैले हार्दैमा र कसैले जित्दैमा सरकार गठन प्रकृयामा कुनै असर नपर्ने उहाले बताउनु भएको छ । कार्यक्रममा महराले आफुलाई अत्याधिक बहुमतले बिजयी गराएकोमा सबै पार्टिका कार्यकर्ता तथा मतदाताहरुलाई धन्यबाद समेत ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array