Ad image

रोल्पा क्षेत्र ‘क’ का विजयी उम्मेदवार महरा “जिवनी”

मालश्री खबर
मालश्री खबर ७ मंसिर २०७९, बुधबार
2 Min Read
Aa

मालश्री खबर/भरत नेपाली, मंसिर ७ रोल्पा

वि.सं. २०२० सालमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ५ साविक गजुल गा.वि.स –२ मा जन्मिएका महराले २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नु भएको थियो ।

राजनीति शास्त्र रअर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गर्नु भएका महाराले राजनीतिमा लाग्नु पूर्व र लागेपछि पनि लामो समय प्र.वि. र मा.वि. शिक्षकको रुपमा अध्यापन गर्नु भएको थियो । अध्यापनसँगै राजनीतिमा पनि सक्रिय बनेका महरा २०४२ सालमा अ.ने.रा.स्व.वि.यु. दाङको सचिव बने । त्यो सँगै नेकपा मशाल को पार्टी सदस्य लिएका उनी २०४३ सालमा अ.ने।रा.स्व.वि.यु.को केन्द्रीय सदस्य, २०४७ सालमा नेकपा मशाल को रोल्पा जिल्ला समिति सदस्य हुँदै २०५० सालदेखि पार्टीमा पूर्णकालीन कार्यकर्ता बन्नु भएको थियो ।

२०५१ सालमा ने.क.पा. माओवादी को रोल्पा जिल्ला सेक्रेटरी बन्न भएको उहा २०५४ सालमा क्षेत्रीय व्यूरो सदस्य र २०५६ सालदेखि चार वर्ष पार्टीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हाल्नु भएको थियो । २०६० सालमा माओवादी केन्द्रीय सदस्य बनेका महरा २०६४ मा समानुपातिकतर्फबाट संविधान सभा सदस्य भएर संसद भवन प्रवेश गर्नु भएको थियो ।

- Advertisement -
Ad image

संविधानसभा सदस्य बन्नुअघि २०६२ देखि २०६५ सम्म पार्टी अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव बन्नु भएको उहा २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा पुनः उनको प्रमुख स्वकीय सचिव बन्नु भएको थियो । हाल प्रदेश सभा सदस्यमा बिजय हुनु भएको छ ।

नेकपा माओवादी केन्द्र का स्थायी समिति सदस्य जोखबहादुर महरा रोल्पा निर्वाचन क्षेत्र नं. १ क बाट प्रदेश सभा सदस्यमा बिजय हुनु भएको हो ।

नेकपा माओवादी केन्द्रका नेता जोखबहादुर महराले १९ हजार ४२५ मतका साथ विजयी हुनुभएको हो । नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ आएको छ । वुढाथोकीलाई १४ हजार २० मतान्तरलाई पछि पार्दै महरा विजयी हुनुभएको छ । यस्तै राप्रपाका पदम बहादुर थापाले २ हजार ६० र राप्रपा नेपालका गन्ज बहादुर शाहीले ६१२ प्राप्त गर्नुभएको छ । जम्मा २९ हजार ८८७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array