Ad image

आइएनएफ रोल्पाले आफ्नो ७० औं बार्षिक उत्सव मनायो

मालश्री खबर
मालश्री खबर ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

उमा बस्नेत/ मालश्री खबर मंसिर ६ रोल्पा । 
आइएनएफ नेपालको ७० औं बार्षिकोत्सव एक समारोहका बिच आइएनएफ शाखा कार्यालय सुलिचौर रोल्पाले पनि मनाइएको छ । आइएनएफ रोल्पाका परियोजना संयोजक तिलक भण्डारी को अध्यक्षतामा भएको कार्यक्रममा सुनछहरी गाँउपालिका उपाध्यक्ष ननकला घर्तिमगर प्रमुख अतिथि रहेको आइएनएफ रोल्पाले जानकारी दिएको छ ।

बिक्रम सम्वत २००९ सालमा स्थापना भएको यस आइएनएफ नेपालले पश्चिम नेपाल बिभिन्न जिल्लाहरुमा सामुदायिक बिकास, स्वास्थ्य र जीविकोपार्जन सम्बन्धी बिभिन्न परियोजनाहरुमा संचालन गर्दै आइ रहेको छ ।

मुलत कुष्ठरोग र क्षयरोग को उपचारबाट नेपालमै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्थाले बिक्रम सम्बत २०४७ साल बाट सामुदायिक बिकासको क्षेत्रमा प्रभावकारी ढंगले आफ्नो परियोजनाहरू संचालन गर्दै आइरहेको छ ।

- Advertisement -
Ad image

रोल्पा जिल्लामा बिगत लामो समय देखि कुष्ठरोग र क्षयरोग को उपचारमा दाङबाट सेवा दिदै आएकोमा बिक्रम सम्बत २०६९ सालबाट रोल्पामा नै शाखा स्थापना गरि रोल्पाको थवाङ गाउँपालिका बाट परियोजना संचालन गरेको थियो ।

हाल यस संस्थाले सुनछहरी गाउँपालिकामा जीविकोपार्जन, वास, जलवायु परिवर्तन र सुधारिएको चुलो सम्वन्धित परियोजनाहरु संचालन गरि रहेको आइएनएफ रोल्पाका परियोजना संयोजक तिलक भण्डारीले जानकारी दिनु भएको छ ।

  

प्रतिक्रिया दिनुहोस्

Array