Ad image

सर्वदलिय बैठकमा सहभागी नगराएको भन्दै राप्रपा रोल्पाद्वारा प्रेस विज्ञप्ती जारी

मालश्री खबर
मालश्री खबर ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

मालश्री खबर मंसिर ६ रोल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी रोल्पाले प्रेस विज्ञप्ती जारी गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन भएको थियो । मुख्य निर्वाचनको कार्यलय रोल्पाले दिउसो १ बजेको लागी सर्बदलिय बैठक बोलाएको थियो । मत गणनाको लागी राप्रपा नेपाललाई सर्वदलिय बैठकमा सहभागी नगराएको भन्दै विज्ञप्ती जारी गरेको जनाएको छ ।

‘मंसिर ४ गते रोल्पा जिल्लामा संघ तथा प्रदेश सभा निवार्चन सम्पन्न भएकोमा मत गणनाको लागि राप्रपा नेपाललाई सर्वदलिय बैठकमा सहभागी नगराई सर्वदलिय बैठक बसी मत गणना गर्ने निर्णय गरेकोले राप्रपा नेपालका उम्मेद्वारलाई कुनैपनि जानकारी नगराई सेटीङमा नियतवस एकलौटी ढङ्गबाट जिल्ला मुख्य निर्वाचन कार्यलयले लोकतन्त्रका उपहास गरी अगाडी बेढेकोले हाम्रो गौरवसाली पार्टी राप्रपा नेपालले घोर भ्रत्सना गर्दै यस्तो अस्वस्थ निर्वाचनको मत गणनामा सहभागी नहुने र मत परिमाणलाई स्वीकार नगर्ने’ राप्रपा रोल्पाका सह अध्यक्ष तथा प्रतिनिधि सभा उम्मेद्वार रामबहादुर वलीको हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array