Ad image

रोल्पामा १० बजेपछि सर्वदलीय बैठक बस्दै

मालश्री खबर
मालश्री खबर ५ मंसिर २०७९, सोमबार
2 Min Read
Aa

मालश्री खबर मंसिर ६ रोल्पा । प्रदेश सभा र प्रतितिधि सभाको मतदान हिजो सम्पन्न भएको छ । रोल्पा जिल्लामा भएका १० ओटै स्थानिय तहमा भएका मतदान केन्द्रवाट मतपेटिका मतगणना स्थलमा ल्याईसकेको मुख्या निर्वाचन कार्यलय रोल्पाले जनाएको छ । विभिन्न मतदान केन्द्रमा भएको मतपेटिका सुरक्षाकर्मीको रोहवरमा बिहान ७ ल्यायिएको थियो ।

 

मतगनणाको कार्य सर्बदलिए बैठक पछि मात्र हुनेछ । सर्बदलिय बैठकको लागि सम्पुर्ण राजनितिक दजका प्रतिनिधि लाई १० बजे पछि बोलाइएको मुख्य निवाचन अधिकृत कार्यलयका सहायक निवार्चन अधिकृत प्रमबहादुर खड्काले जानकारी दिनु भयो ।

रोल्पामा प्रतिनिधि सभा तथा प्रदेश सभाको निवार्चनमा कुल मतको ४६.३८ प्रतिशत मत खसेको निर्वान कार्यालयले जानकारी दिएको छ । रोल्पामा कुल मतदाता १ लाख ४५ हजार ४ सय ७१ रहेका थिए । रोल्पामा ६७ हजार ४ सय ६९ जना अर्थात ४६.३८ प्रतिशत ब्यक्तिले मतदान गरेकका छन् भने ७८ हजार २ जना अर्थात ५३.६३ प्रतिशत ब्यक्ति मतदानमा सहभागी भएका छैनन् । बैदेशिक रोजगारमा गएका र मतदाता शिक्षा कम भएको कारणले गर्दा रोल्पामा मत कम खसेको हुन सक्ने आँकालन गरिएको छ ।

- Advertisement -
Ad image

 

रोल्पामा जिल्लामा सवभन्दा कम थवाङ गाउँपालिकामा मत खसेको छ । थबाङ गाउँपालिकामा २ हजार ४१८ मत मात्र खसेको छ । त्रिवेणी गाउँपालिकामा ८ हजार १२२ मत खसेको छ भने रुन्टीगढीमा ८ हजार ६७९, परिवर्तन गाउँपालिकामा ६ हजार ३२० गंगादेव गाउँपालिकामा ६ हजार ७१३, माडी गाउँपालिकामा ६ हजार १२८, सुनिलस्मृति गाउँपलिकामा ८ हजार २३४,सुनछहरी गाउँपालिकामा ४ हजार ३९० लुग्री गाउँपालिकामा ६ हजार ८७३ र रोल्पा नगरपालिकामा ९ हजार ५६० खसेको छ । जिल्लामा ८६ मतदान स्थल र १७७ मतदान केन्द्र कायम गरिएको थियो । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लामा ६९ प्रतिशत मत खसेको थियो ।

 

रोल्पामा भएको २०७९ सालको मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव शान्तिपुर्ण र सौहार्द वातवारणमा सम्पन्न भएकोमा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले धन्यवाद ब्यक्त गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array