Ad image

वर्षमान पुनद्वारा मतदान

मालश्री खबर
मालश्री खबर ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

मालश्री खबर मंसिर ४ रोल्पा । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गृह जिल्ला रोल्पामा मतदान गर्नुभएको छ । पुनले बिहान ७:३० बजे रोल्पा नगरपालिका(७ स्थित बालउदय मा. वि. केन्द्रबाट मतदान गर्नुभएको हो । पुन सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत हुनुहन्छ ।

देशभर एकैचरणमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो। यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो।

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक गरी २७५ सिटका लागि निर्वाचन भएको हो। प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी ५५० सिटका लागि निर्वाचन हुन्छ। यी सबै ८ सय २५ सिटमा कुल १२ हजार ९३ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतिनिधिसभाको प्रत्यक्षतिरको १६५ सिटका लागि २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रतिनिधिसभाकै समानुपातिकतर्फको ११० सिटका लागि २ हजार ४०२ उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यसैगरी प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटका लागि ३ हजार २ सय २४ र समानुपातिकतर्फ २ सय २० सिटमा ४ हजार ५५ जनाको उम्मेदवारी छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array