Ad image

मतदातालाई ढुक्कका साथ मतदान गर्न प्रमुख जिल्ला अधिकारीको आग्रह 

मालश्री खबर
मालश्री खबर ३ मंसिर २०७९, शनिबार
3 Min Read
Aa

मालश्री खबर मंसिर ३ रोल्पा । मंसिर ४ गते अर्थात भोली हुने प्रदेशसभा र प्रतिनिधी सभा सदस्य चुनाबको सम्पुर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले जानकारी दिनु भयो । मतदान स्थलमा भयवह स्थिति सिर्जना हुन नदिन सम्पुर्ण सुरक्षा कर्मि खटाइ सकेको जानकारी दिनु भयो । सुरक्षाकर्मि तिन घेरमा रहेर खटिने छन् । मतदान स्थलमा नेपाल प्रहरी, म्यादी प्रहरी र नेपाली सेना खटाई सकेको प्रजिअ अधिकारीले जानकारी दिनु भयो । रोल्पामा ८६ ओटा मतदान स्थल रहेका छन् ।

 

त्यस्तै सवै मतदान केन्द्रमा मतदान अधिकृत पुगिसकेको अधिकारी जानकारी दिनु भयो । साथै अन्य कर्मचारी पनि मतदान स्थलमा खटिसकेको अबगत गराउनु भयो । सम्पुर्ण मत पेटिका, मतपत्र सवै मतदान केन्द्रमा पुगिसकेको जानकारी दिनु भयो ।

यातायात, भौगोलिक बिकटताका कारण मतदान स्थल सम्म पुग्न समस्या भोगेर आफ्नो जिम्मेवारी लाई कटिवद्ध भई पुरा गरेकोमा मतदान केन्द्रमा खिटिने मतदान अधिकृत कर्मचारी सुरक्षा निकायलाई अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

- Advertisement -
Ad image

अहिले रोल्पाको सबै ठाउँमा सर्वदलिए बैठक बेसेर सम्पुर्ण मतदान स्थालमा मतदान केन्द्र निर्माण गरी सकिएको बताउनु भयो । मौन अबधि सुरु भैसकेपछि आचारसंहिता विपरीत कुनै कार्य नगर्न र नगराउनु आग्रह गर्नु भयो । आचार संहिता बिपरी कुनै कार्य भएमा तत्काल जानकारी दिन समेत अनुरोध गर्नु भयो ।

अहिले सम्म आचारसंहिता विपरित कार्य नभएको र साथै समग्र रोल्पा बासि, राजनैतिक दलका सबै प्रतिनीधीले सचेत नागरीक भई जानकारी गराउन अनुरोध गर्नु भयो । साथै अधिकारीले आचारसंहिता विपरी हुने कार्यलाई रोक्न १० वटै स्थानीय तहमा निवार्चन घुम्ती टोली पठाई सकेको अवगत गराउनु भयो ।

साथै भोली पास लिएका बाहेक सम्पुर्ण सवारी साधन बन्द रहने पनि अधिकारीले जानकारी दिनु भयो । सम्पुर्ण यातायात सगँ यस विषयमा छलफल भई सकेकाले पास नलिएका सवारी साधन चलाएमा कारबाहिको दायरामा लिने समेत बताउनु भयो ।

उम्मेद्धारले निर्वानको दिन प्रयोग गर्ने सवारी साधन निर्वाचन अधिकृतको कार्यालयले पास दिन सकिने छ । जेष्ठ नागरीक, अशक्त, घईते भएका व्यक्तिले सम्बन्धित वडाको सिफारीसमा मुख्य निर्वाचन अधिकृतको कार्यलयबाट पासको अनुमति लिई सवारी साधन चलाउन सक्नेछन् । अन्यले भने प्रमुख जिल्ला अधिकारीबाट पास लिई सवारी साधन चलाउन सक्ने बताउनु भयो ।

 

मालश्री संवादमा कुराकानी गर्दै समग्र रोल्पाका मतदातालाई भयरहित वातावरणमा हर्ष उल्लासका साथ मतदान गर्ने ब्यवस्था मिलाई सकेको बताउनु भयो । सम्पुर्ण मतदातालाई मंसिर ४ गते बिहान ७ बजे देखि बेलुका ५ बजे भित्र ढुक्कका साथ मतदान गर्न अपलि गर्नु भयो । मतदान स्थानमा जेष्ठ नागरीक, गर्भवती, अशक्त लाई सहज रुपमा मतदान गर्ने ब्यवस्था मिलाईएको छ ।

मतदान सकिसके पछि मतपेटिका ल्याउनको लागि चारैओटा सुरक्षा समितिको संयन्त्रबाट मतपेटिका ढुवानी गर्ने कार्य योजना सहित संयन्त्र तयार पारिसकेको जानकारी दिनु भयो । सोहि कार्ययोजना बमोजिम सुरक्षित ढंगले मतपेटिका ल्याउनु बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array