Ad image

नेपाली जनताले बनाएको संबिधानलाई, केपि ओलीले कुल्चन खोज्य, आफुहरुले बचाएको – जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर १ मंसिर २०७९, बिहीबार
3 Min Read
Aa

भरत नेपाली/मालश्री खबर मंसिर १ रोल्पा
नेपाली जनताको रगत र पसिनाले निर्माण भएको समानुपातिक समाबेश सहितको सबिधानलाइ प्रतिगामनकारी केपि अलिले कुल्चन खोज्न लाग्दा आफुहरुले बचाएको र गठबन्धन गरेको बाम लोकतान्त्रिक गठबन्धन रोल्पा क्षेत्र न १ क का साझा उम्मेदवार जोख बहादुर महराले बताउनु भयको छ ।

आज रोल्पा नगरपालिकाको वडा न १ र २ को थलिवाङ, उपल्लो रेउघा, सिवाङ, जापा, देउरालि, हरिगाटना, सानो लिवाङ, सल्लिबोट र खेवासेमा बाम लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता तथा मतदाताहरु सग भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।

त्यस्तै महराले मसिर ४ गते हुने निर्वाचन प्रचर प्रसार गर्ने आज अन्तिम दिन भएकोले आज हामी तपाईंहरुको बस्तीमा आएका छौ खासमा हामी यहाँ आउनु भनेकै जनताको समस्या र आवश्यकता पहिचान गरि निर्वाचन जिते पछि ५ वर्ष सम्म जनताको पक्षमा बिकास गर्न सहज हुने बताउनु भयो ।नेताले निर्वाचन जिते पछि गाउँ फर्केर भन्ने जनगुनासो आफुले धेरै सुनेको बताउदै त्यस्तो गुनासोलाई सम्बोधन गर्न आफू नयाँ सोचका साथ निर्वाचनमा आएको बताउनु भयो ।

- Advertisement -
Ad image

नेपाली जनताको रगत र पसिना बाट आएको सङ्घिय गणतन्त्र संविधान सभा बाट निर्माण भएको समाबेशी समानुपातिक सहितको सबिधान जसमा महिला,दलित आदिवासी जनताती,मुस्लिम,थारु, मधेसलाई राज्यको मुल धारमा ल्याउने ब्यवस्था रहेको बताउदै रास्ट्रपति वा उपराष्ट्रपति, सभामुख वा उपसभामुख मेयर वा उपमेयर अध्यक्ष वा उपाध्यक्ष मध्ये एक जना अनिबार्य महिला हुनु पर्ने भन्दै वडामा पनि अनिवार्य एक जना महिला र एक दलित महिला हुने बाध्यकारि ब्यबस्था रहेको संविधानलाई केपि ओलिको प्रतिगमन बाट रक्षा गर्न हामीले ५ दल एक भएको बताउनु भयो ।
मसिर ४ गते नेपाल लाई आगाडि लग्ने र पछाडी धकेल्ले बिचको द्वन्द भएको बताउदै नेपाली जनताले जहिले पनि अग्रगामिको पक्षामा साथ दिने बताउनु भयो । तपाईंहरुको एक भोटले प्रतिगामी र प्रतिक्रान्तिकारी हरुको अन्त्य हुने बताउदै हामी निर्वाचन पछि सघ र प्रदेशको सरकार बनाउ छौ, त्यो सरकार गठबन्धन को सरकारको हुने बताउदै संघ,प्रदेश र स्थानीय तहको तहको सरकार सग एक अर्का बिच समन्वय र समझदारी गरि बिकास निर्माण गर्ने बताउदै प्रमुख अतिथी महराले देश , सबिधान र जनताको रक्षा नहुदा सम्म गठबन्धन कायमै रहने बताउनु भयो ।

त्यस्तै प्रमुख अतिथि महराले जतिबेला देशमा अप्ठ्यारो स्थिति आउछ त्यतिबेला देश र जनतालाइ माया गर्ने पाटिहरु एक हुँदै आएको बताउदै प्रतिगमन लाई प्रास्त नहुदा सम्म बाम लोकतान्त्रिक गठबन्धन कायमै हुने बताउनु भयो । महराले नेपाली जनताले २००७ साल देखि रगत,पसिना बगाएर प्राप्त गरेको उपलब्धि गुम्न थाले पछि गठबन्धन गरिएको बताउदै रोल्पाली जनता राजनीतिमा सक्षम छन भनी देश भरी पहिचान दिनको लागि कुनै भोट बदर नहुने गरि गठबन्धनमा भोट हान्न अनुरोध गर्नु भयो ।

भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्र बाट समानुपातिक उम्मेदवार कुस्मा महराले आफू १२ वर्षको उमेर देखि नै तत्कालिन नेकपा माओवादी भुमिगत भएको स्मरण गर्दै आज म समानुपातिक उम्मेदवार भयको छु आउदो मसिर ४ गते हुन लागेको निर्वाचनमा चार वटा मतपत्र रहेकाले कुनै पनि मत बदर नगरी भोट दिन अनुरोध गर्नु भयो ।

   

प्रतिक्रिया दिनुहोस्

Array