Ad image

रोल्पामा गठबन्धनको पछाडी जनलहर छ – बर्षमान पुन

मालश्री खबर
मालश्री खबर ३० कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर, मालश्री खबर, कार्तिक ३० रोल्पा

नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहा सचिव एवं लोकतान्त्रिक बाम गठबन्धनका रोल्पा प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार बर्षमान पुन (अन्नत) ले लोकतान्त्रिक बाम गठबन्धनको पछाडि रोल्पामा जनलहर छाएको बताउनु भएको छ ।

निर्वाचन परिचालन समिति रोल्पाले आयोजना गरेको घरदैलो अभियान तथा कोण सभा कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पुनले सो कुरा बताउनु भएको हो । लिबाङको टुडिखेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै,गठबन्धनले दुई तिहाईको बहुमत लिने विश्वास समेत लिनु भएको छ ।

७ वटै प्रदेश र संघको नेतृत्वमा लोकतान्त्रिक बाम गठबन्धनको दुई तिहाईको सरकार बनाएर देशलाई अग्रगमन तिर लैजाने समेत बताउनु भयो । आफूहरूको गठबन्धन नेकपा एमालेका अध्यक्ष केपी ओली विरुद्ध भएको बताउदै,करिब ७० बर्षपछी नेपाली जनताको संघीय लोकतन्त्र बाट प्राप्त भएको संविधानलाई कम्जोर बनाउने,संविधानलाई कार्यान्वयनमा बाधा बन्न खोज्ने र नेपाली जनताका ठूलो संघर्ष बाट फ्याकेको पुरानो निरँकुष राजतन्त्र ल्याउन खोज्ने शक्तिलाई पराजित गराउनको लागि लोकतान्त्रिक बाम गठबन्धन गरेको समेत बताउनु भयो ।

- Advertisement -
Ad image

नेकपा माओवादी केन्द्रको रोल्पामा ४२ हजार र नेपाली कांग्रेसको १६ हजार र नेकपा एमालेको १५ हजार जति भएकोले रोल्पा गठबन्धनलाई कुनै समस्या नपर्ने समेत बताउनु भयो । साथै रोल्पामा मात्र नभएर देश भरीनै लोकतान्त्रिक बाम गठबन्धन शक्तिको पक्षमा राम्रो जनलहर रहेको समेत बताउनु भयो । मंसिर ४ पछी गठबन्धनको पक्षमा सरकार बन्ने समेत दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array