Ad image

रोल्पामा गठबन्धन शक्ति विरुद्ध अर्को शक्तिले चलखेल गर्दै छ – कुल प्रसाद केसी

मालश्री खबर
मालश्री खबर ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढामगर, मालश्री खबर, कार्तिक ३० रोल्पा
लुम्बिनी प्रदेशका मुख्य मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कुलप्रसाद केसीले गठबन्धन शक्तिको विरुद्ध अर्को प्रतिगमनकारी शक्तिले चलखेल
गरेकोे बताउनु भएको छ । निर्वाच न परिवर्तन समिति रोल्पाले आयोजना गरेको घरदैलो अभियान तथा कोण सभा कार्यक्रमको विशिष्ट अतिथी समेत रहेका केसीले सो कुरा बताउनु भएको हो ।

लिबाङको टुडिखेलमा भएको कोण सभालाई सम्बोधन गर्दै नेपालको समृद्धि र विकासका लागि एक शक्ति लोकतान्त्रिक बाम गठबन्धन गरेर अगाडि बढेको र अर्को शक्ति पुराना राजतन्त्रलाई पूर्णबहाली गराउने शक्ति अगाडि बढेको समेत बताए । साथै अहिलेको शक्ति लोकतन्त्रको रक्षा,संविधानको रक्षा र राजनीतिक स्थायीत्वका लागि भएको र अर्को शक्ति संविधानलाई असफल बनाउने,संविधानलाई सफल हुन नदिने र पुरानो निरँकुष शासनलाई फर्काउने शक्ति हाबी भएको समेत बताए ।

केसीले पहिले नेकपा एमाले नेतृत्वको सरकार हुँदा पनि प्रदेशको मन्त्री भएको र पछी नेकपा एमालेको सरकार लुम्बिनी प्रदेशमा ढलेपछी नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतका सांसदले हस्ताक्षर गराएर लुम्बिनी प्रदेशको मुख्य मन्त्री बनाउन ठूलो भूमिका खेलेको समेत बताए । आफूले मङ्सिर ४ पछि लुम्बिनी प्रदेशको मुख्य मन्त्री बाट पद हस्तान्तरण गर्दा लोकतान्त्रिक बाम गठबन्धन बाट बिजय भएका योग्य,सक्षम,क्षमतावान नेतृत्वलाई दिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

Array