Ad image

नेपालको संविधान एसियाकै उत्कृष्ट संविधान हो – कृष्ण बहादुर महरा

मालश्री खबर
मालश्री खबर २९ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढामगर, मालश्री खबर, कार्तिक २९ रोल्पा

पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर महराले नेपालको संविधान एसियाकै उत्कृष्ट संविधान भएको बताउनु भएको छ । निर्वाचन लोकतान्त्रिक बाम गठबन्धन परिचालन समिति रुन्टिगढी गाउँपालिका होलेरी रोल्पाले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको प्रमुख अतिथि समेत रहेका महराले सो कुरा बताउनु भएको हो ।

२०७२ सालमा संविधान सभा बाट संविधान जारी गरेको बताउदै, संविधानमा चार वटा कुरा मूलभूत कुरा उल्लेख गरेको समेत बताउनु भएको छ । जसमा बहुभाषिक, बहु सांस्कृतिक, भौगोलिक,धर्म निस्कपक्ष, संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक व्यवस्था कायम गरेको समेत बताए । संविधान जारी भएकोमा केही शक्तिहरुलाई मन नपरेको र पहिलेको राजतन्त्र ल्याउने शक्ति हाब्बी भएको समेत बताए ।

संविधानलाई च्याट्न खोज्ने, संविधानलाई जलाउन खोज्ने र संविधानलाई धोष्ट पार्न खोज्ने शक्ति विरुद्ध एकजुट भएर संविधानको रक्षा र देशको रक्षा गर्नको लागि देशभरी लोकतान्त्रिक बाम गठबन्धन भएको समेत बताए।मङ्सिर ४ गते लोकतान्त्रिक बाम गठबन्धनले जितेन भने देश दुर्घटना र अपठ्यारो परिस्थितिमा जाने समेत जिकिर गर्नु भएको छ । सबै रोल्पाली जनताले लोकतान्त्रिक बाम गठबन्धनलाई अत्याधिक मतले बिजय गराउन समेत महराले मतदातालाई आग्रह समेत गर्नु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array