Ad image

हिजोको राजनीतिक फरक परिस्थितिमा थियो, आज फरक छ – अमरसिंह पुन

मालश्री खबर
मालश्री खबर २९ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर, मालश्री खबर, कार्तिक २९ रोल्पा

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं बाम लोकतान्त्रिक गठबन्धन रोल्पा क्षेत्र नं.१ ख का प्रदेश सभाका प्रत्यक्ष साँझा उम्मेदवार अमरसिंह पुनले हिजोको राजनीतिक परिस्थिति फरक भएको बताउनु भएको छ । लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति रुन्टिगढी गाउँपालिकाले होलेरीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको विशिष्ट अतिथि समेत रहनुभएका पुनले सो कुरा बताउनु भएको हो ।

हिजो माओवादी फरक बाटो बाट हिडेको र कांग्रेस पनि फरक बाट हिडेको बताउदै दुबै पार्टीको मिलन बिन्दु एउटै भएको समेत बताए । राष्ट्रिय राजनीतिक विषय, देशको परिवर्तनका लागि पनि एजेन्डा एउटै एउटै जस्तो भएको समेत बताउनुभयो । संविधान निर्माण,बृहत शान्ति सम्झौता र ब्राह बुँदे शान्ति प्रक्रिया टुंग्याउने काम पनि नेपाली कांग्रेस र माओवादीको नेतृत्वमा भएको समेत बताउनुभयो । हिजोको परिवर्तनका लागि लडेका केही एजेन्डा अझै पनि नटुंगीएको र त्यसलाई टंग्याउनको लागि पनि लोकतान्त्रिक बाम गठबन्धनले जित्नुपर्ने समेत बताए ।

संविधान लेख्नु थियोे त्यो पनि ग¥यौ हामीले शान्ति प्रक्रियामा गएपछि सेना समायोजन गर्नु थियो त्यो पनि ग¥यौ अब बाँकी रहेको वेपत्ता पारिएकाहरुको लागि सत्त्ते मेलमिलाप आयोग स्थापना भएको पनि अझै काम पूरा नभएको समेत बताउनुभयो । आफूहरूको गठबन्धन कुनै स्वार्थ नभइकन मित्रवत भएको समेत बताउनुभयो । आफू सत्तामा नभए पनि रोल्पाको विकासका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले काम गर्दै आएको समेत बताउनुभयो ।

- Advertisement -
Ad image

यो स्वर्णिम अवसर भएकोले जित्नु मात्र ठूलो कुरा होइन रोल्पाका समृद्धि र विकासका लागि मात्र नभएर समग्र लुम्बिनी प्रदेशकै विकासका लागि काम गर्नको लागि एजेन्डाहरु अगाडि बढ्ने समेत बताए । सकारात्मक बुझाइका साथै आफ्नो इष्टमित्र,छरछिमेक र नाता गोतालाई अमुल्य भोट दिएर बर्षमान पुन(अन्नत),जोख बहादुर महरा र अमरसिंह पुन लगायत समानुपातिकका सबै उम्मेदवारहरुलाई रोल्पाली जनताले अत्याधिक मतले बिजय गराउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array