Ad image

उड्ने चिललाई खसाल्ने तागत गठबन्धन सँग छ – कृष्ण बहादुर घर्तीमगर

मालश्री खबर
मालश्री खबर २९ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढामगर, मालश्री खबर, कार्तिक २९ रोल्पा ।
नेपाली कांग्रेस रोल्पा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार एंव नेपाली कांग्रेस रोल्पाका पुर्ब पार्टी सभापति कृष्ण बहादुर घर्तीले उड्ने चिल खसाल्ने तागत गठबन्धन सँग भएको बताउनु भएको छ । निर्वाचन परिचालन समिति रुन्टिगढी गाउँपालिका होलेरीले आयोजना गरेको लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत सबै दलहरूको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमका अतिथि समेत रहनुभएका घर्तीले सो कुरा बताउनु भएको हो ।

दुश्मन भन्नेहरु घरभित्रै हुने बताउदै घर्तीले कार्यकर्ता तथा घर घरमा मतदाता शिक्षा दिन गएकाले प्रत्यक्ष उम्मेदवारको मात्र चिन्ह सिकाएको र अरुको कुरा नगरेको प्रतिक्रिया दिनुभयो । हिजो म विभिन्न ठाउँमा मतदाताहरुलाई भेट्न गएको थिए । त्यहाँ जादा मलाई समानुपातिक उम्मेदवारको कुरा नगरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

Array