Ad image

निर्वाचन पछि क्रान्तिकारी ढोका खोल्नको लागि मसिर ४ गते सबैले गठबन्धनलाई भोट हाल्नु पर्छ – जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर २८ कार्तिक २०७९, सोमबार
5 Min Read
Aa

भरत नेपाली/मालश्री खबर, कार्तिक २८ रोल्पा ।

जनता बाट निर्माण भएको संविधानको रक्षा गरि निर्वाचन पछि क्रान्तिकारि ढोका खोल्नको लागि मसिर ४ गते सबैले गठबन्धनलाई भोट हाल्नु पर्ने रोल्पा क्षेत्र न १ क का बाम लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदवार जोख बहादुर महराले बताउनु भएको छ । आज रोल्पा नगरपालिका वडा न १० धवाङमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै महराले सो कुरा बताउनु भएको हो ।

त्यस्तै महराले तपाईहरुको एक भोटले प्रतिगामी र प्रतिक्रान्तिकारी हरुको अन्त्य हुने बताउदै हामी निर्वाचन पछि सघ र प्रदेशको सरकार बनाउ छौ त्यो सरकार काङ्ग्रेस, माओवादी,समाज बादी र जनमोर्चा सबैको साझा गठबन्धन को सरकारको हुने बताउनु भयो । संघ, प्रदेश र स्थानीय तहको तहको सरकार सग एक अर्का बिच समन्वय र समझदारी गरि आबश्यकताको आधारमा बिकास निर्माणकस काम गर्ने बताउदै प्रमुख अतिथी महराले देश , सबिधान, ब्यबस्था र जनताको रक्षा नहुदा सम्म ५ दलिय गठबन्धन कायमै रहने बताउनु भयो ।

- Advertisement -
Ad image

त्यस्तै महराले नेपाली कांग्रेस र माओवादी दुबै पाटि क्रान्ति गरि आएका हुन हिजो २००७ सालको आन्दोलनको नेतृत्व काङ्ग्रेसले गरि राना शासन फालेको भन्दै जनयुद्ध र जनआन्दोलनको नेतृत्व माओवादिले गरि अढाइसय वर्षको राजतन्त्र फालेको बताउदै , केपि ओलि र राजा आउ देश बचाउ भन्ने राप्रपाका राजेन्द्र लिङ्देल सग गठबन्धन गरि नेपालमा राजतन्त्र फर्काउन खोजेको बताउनु भयो । महराले जतिबेला देशमा अप्ठ्यारो स्थिति आउछ त्यतिबेला काङ्ग्रेस र माओवादी लगायत देश भत्त पाटिहरु एक हुँदै आएको बताउदै प्रतिगमन लाई प्रास्त नहुदा सम्म बाम लोकतान्त्रिक गठबन्धन कायमै हुने बताउनु भयो ।

त्यस्तै चुनावी सभामा बोल्दै नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा उपराष्टपतिको प्रमुख स्वकीय सचीव शुक बहादुर रोकाले हिजो निर्वाचनको समयमा पच्छारा खेल्ने पाटिहरु आज एउटै मन्च मा सगै भएको बताउदै केपि ओलिले जनताहरु माथी प्रतिगमन गर्न लागे पछि यसरी सगै भएको बताउनु भयो । २००७ सालको आन्दोलन बाट जय नेपाल शब्द जन्मिएको बताउदै जय नेपाल भन्दैमा काङ्ग्रेस नहुने भन्दै यसलाइ बचाउने काम कांग्रेसले गर्यो हाल नेपाली पुलिस र शसत्र पुलिसले पनि जय नेपाल भन्ने गर्द्छ ।हामी जय नेपाल भने पछि कांग्रेस हो रहेछ भन्ने सोच आजै देखि फाल्नु पर्ने बताउनु भयो ।

सभामा बोल्दै रोल्पा नगरपालिकाको निर्वाचन परिचालन समिती का सचीव तेजराज भन्डारि ले हिजो हामी अलग अलग भयका पाटिहरुलाइ समयको कारण एकै स्थानमा आएको बताउदै रोल्पाको बिद्वन नेता जोख बहादुर महारालाइ साझा उम्मेदवारको रुमा निर्वाचनमा आएकाले सबैले गोलाकार भित्रको हसिया हथौड़ामा भोट हाली अत्यधिक बहुमतले बिजय गराउन अनुरोध गर्नु भयो ।

नेपाली कांग्रेस जिल्ला सचीव शेर बहादुर थापाले सभामा बोल्दै केपि ओलिको अहङ्कारले गर्दा देश बिकास हुनु को साटो देशलाई प्रतिगमन तिर लग्न लागेपछी नेकपा बाट अलग्गियको नेकपा माओवादी केन्द्रको अनुरोधमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बनी स्थानीय तहको निर्वाचन र अहिलेको संघ र प्रदेशको निर्वाचनमा देश लागेको बताउनु भयो । त्यस्तै बत्ति मुनिको गाउँ धवाङमा यातायात, खानेपानी, बिधुत लगायतका समस्या भएको बताउदै यहाँ आलु, सन्तला,जडिबुटि, पर्यटन लगायतको राम्रो सम्भावना रहेकोले त्यस क्षेत्रमा ध्यान दिन अनुरोध गर्नु भयो ।

नेपाली कांग्रेस रोल्पाका पुर्ब सचीव जित बिक्रम मल्लले हिजोको दिन कांग्रेसले रुखमा र माओवादीले हसिया हथौड़ामा भोट हाल्न भन्ने गर्दथियौ, तर आज तपाईं हरुको सामु हामी सबैको साझा उम्मेदवार जोख बहादुर महरालाइ गोलाकार भित्रको हसिया हथौड़ामा भोट हाल्न भन्न आएको छौ । यो सुन्दा तपाईंहरुलाइ अन्यथा लाग्ला तर त्यसो नभई अहिलेको आबश्यक्ताले गर्दा साझा उमेदवार लियर तपाईंहरुको गाउँ घरमा आएको बताउनु भयो । के.पि ओलिको कारण राज्यका तीन अङ्ग छेद विच्छेद भय पछि यसरी गठबन्धन गरि आएको बताउनु भयो । गर्नु भएको थियो ।

रोल्पा नगरपालिका वडा न. १० धवाङ चुनावी सभाको बल बहादुर महराको अध्यक्षतामा गरिएको सभाको सन्चालन नर बहादुर डागिले गर्नु भएको थियो भने स्वागत मन्तव्य मुल बहादुर रोकाले गर्नु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य मान बहादुर बुढामगर, क्षेत्र न१ का निर्वाचन परिचालन समिती सयोजक आस बहादुर पुन, प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार मिना बुढामगर, कुस्मा महरा, अखिल क्रान्तिकारिका केन्द्रिय उपाध्यक्ष तुकमान महरा, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती रोल्पाका सदस्य मान बहादुर खत्री नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रोल्पाका सह सचीव गन्ज बहादुर क्षेत्रि, रोल्पा नगरपालिका निर्वाचन परिचालन समिती सयोजक फबिन्द्र आचार्य लगायतको सहभागी रहेको थियो ।

    

प्रतिक्रिया दिनुहोस्