Ad image

राजनिती स्थायीत्व, संविधानको रक्षा, र परिवर्तनको लागी गठबन्धन भएको हो – अमरसिंह पुन

मालश्री खबर
मालश्री खबर २७ कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

सुर्यप्रकाश बुढामगर, मालश्री खबर, कार्तिक २७ रोल्पा ।राजनिती स्थायीत्व,संविधानको रक्षा,परिवर्तनको लागि देशमा गठबन्धन भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं बाम लोकतान्त्रिक गठबन्धनका साँझा रोल्पा प्रदेश सभा २ का प्रत्यक्ष उम्मेदवार अमरसिंह पुनले बताउनु भएको छ ।

आफुहरुको काधका संबिधानको रक्षा र स्थायी शान्ति कायम गरि देश बिकास गर्ने जिम्मा गठबन्धनको जिम्मा आएको हुनाले मंसिर ४ गते हुन लागेको निर्वाचन सबैको एक प्रकारको महान पर्बको रुपमा आएको हुनाले सबैले आफ्नो अमुल्य मत सहि ठाँउमा राख्नु पर्ने बताउनु भयो । आज रोल्पामा मात्रै होइन देशमै परिस्थिती बदलिएको बताउदै नेता पुनले हिजो को बाट के भायो भनेर त्यसको पछाडी नलागेर सबै लाई आग्रह गर्नु भएको थियो । यो देशमा परिबर्तनको लागी र देशको लागी केहि सोच्ने राष्द्रबादी दलहरु आज एक ठाँउमा आएको समेत बताउनु भयो ।

साथै संविधानको रक्षा सँगै २०७४ पछिको दोस्रो चरणको निर्वाचनको संघारमा भएको समेत बताए । देशभरीनै निर्वाचन हुने बताउदै रोल्पामा पनि सबै आफ्नै क्षेत्रमा सहभागी भएको र पाँच पाँच बर्षमा आउने पर्व हो पुनले भने चुनावलाई स्वच्छ, निस्पक्ष, भैरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्ने तपाईं हामी सबैको दायित्व भएको समेत बताए ।

अहिलेको समय बदलिएको छ,परिस्थिति बदलिएको छ,अहिले देशभरी राष्ट्रिय राजनीतिमा परिवर्तनशिल वातावरण बनेको समेत बताए।हामीले परिवर्तनका लागि धेरै दुख ग¥यो,धेरै संघर्ष ग¥यो,धेरै खुन पसिना बगायौं र धेरैले आफ्नो बलिदान दिए।आज सबैको ठूलाठूला परिवर्तन सम्भब भएको समेत बताए।पुनले भन्नुभयो हामीले राजनीति स्थायीत्व,संविधानको रक्षा,परिवर्तनको लागि बाम लोकतान्त्रिक शक्ति एक भएको समेत बताए।लामो समयको राजनीतिक परिवर्तन बाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई अप्ठ्यारो दिशा तिर लैजान खोजेको शक्ति विरुद्ध एकै ठाउँमा आएको समेत बताए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्