Ad image

गठबन्धनलाई बिजय गराउने निर्णय भएको छ–पुनको दाबी

मालश्री खबर
मालश्री खबर २७ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर , मालश्री खबर, कार्तिक २७ रोल्पा । गठबन्धनलाई जसरी पनि बिजय गराउने निर्णय भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहा सचीव तथा रोल्पा बाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार बर्षमान पुन मगर(अन्नत)ले बताउनुभएको छ ।
निर्वाचन परिवर्तन समिति क्षेत्र नं.१ ख रोल्पाले घर्तिगाउँमा आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

 

सभाको प्रमुख अतिथि समेत रहेका पुन मगरले हामी रोल्पामा २०६४ सालको शान्ति प्रक्रिया देखि चुनाव भाग लिए यता माओवादी केन्द्र पहिलो,नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो शक्ति भएको बताउनुभएको छ । दुई ठूलाठूला शक्ति मिल्दा रोल्पामा त्यति धेरै समस्या छैन । पार्टीको गठबन्धनको निर्णय के भएको छ भन्दा जे जसरी भएको पनि बाम लोकतान्त्रिक गठबन्धन भएकोले सबै ठाँउमा सफल बनाउने निर्णय भएको छ ।

 

- Advertisement -
Ad image

सोही अनुसार रोल्पामा हेर्दा चार दलको मत संख्या हेर्दा करिब ६६ हजार हुने देख्छु रोल्पामा गठबन्धनलाई त्यति समस्या देखिदैन तर नेकपा माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य समेत रहेका दिपेन्द्र पुनले स्वतन्त्र उम्मेदवार दिएपछि केही असहज जस्तो मात्र भएको हो । रोल्पाली जनताले हामीलाई नै बिजय बनाउन आग्रह गर्नुभएको छ । रोल्पाबाट आफूहरू निर्वाचित भएपछि रोल्पाको विकास र समृद्धिले प्राथमिकता पाउने समेत बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्