Ad image

बाम लोकतान्त्रिक गठबन्धनको बृहत चुनावी सभा घर्तीगाउँमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २७ कार्तिक २०७९, आईतवार
3 Min Read
Aa

सुर्यप्रकाश बुढामगर, मालश्री खबर, कार्तिक २७ रोल्पा । निर्वाचन परिचालन समिति क्षेत्र नं.१ ख रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन क्षेत्र नं.१ ख स्तरीय बृहत संयुक्त चुनावी सभा माडी गाउँपालिका–२ घर्ती गाउँमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्यको अध्यक्षमा भएको चुनावी सभाको प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव तथा बाम लोकतान्त्रिक गठबन्धन रोल्पा प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार बर्षमान पुन(अन्नत) रहनु भएको थियो भने विशिष्ट अतिथिमा बाम लोकतान्त्रिक गठबन्धन रोल्पा क्षेत्र नं.१ ख का प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र बाम लोकतान्त्रिक गठबन्धन रोल्पा क्षेत्र नं.१ क का प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय समितिका सदस्य जोख बहादुर महरा रहनु भएको थियो ।

राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ बिष्टको स्वागत मन्तव्य बाट सुरु भएको बृहत चुनावी सभालाई वाइसीएल नेपालका केन्द्रीय सचिव जितेन्द्र पुनले अहिले नेपाली जनताका घरमा माओवादीको घरमा कांग्रेस र कांग्रेसको घरमा माओवादी पसिसकेको समेत बताउनुभएको छ ।

- Advertisement -
Ad image

सम्पूर्ण प्रदेश सभा सदस्यका समानुपातिक बाट नेकपा माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार कुस्मा महराले रोल्पामा पाँच दलीय गठबन्धन काँधमा काँध र हातमा हात मिलाएर अगाडि बढेको बताउनुभएको छ ।

उनले आफूहरू मङ्सिर ४ को परिक्षामा सहभागी हुने र पास फेल बनाउने जिम्मा रोल्पाली जनताको हातमा भएको समेत बताउनुभयो । प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारहरुको तर्फबाट नेपाली कांग्रेस रोल्पाका निवर्तमान पार्टी सभापति तथा रोल्पा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार कृष्ण बहादुर घर्ती मगरले रोल्पामा हिजोको दिनमा एक अर्कामा पानी बाराबार र वर्ग दुश्मन जस्तो व्यावहार थियोे आज त्यो वातावरणको अन्त्य भएको बताउनुभयो ।


घर्ती मगरले देशको समृद्धि र विकास देशको सुशासन र राजनीतिक स्थायित्व तथा संविधानको रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धन भएको बताउनुभएको छ । नेपाली कांग्रेस रोल्पाका पूर्व पार्टी सभापति तथा महाधिवेशन प्रतिनिधि माधव प्रसाद आचार्यले देशमा शान्ति, स्थिरता र विकासका लागि भएको बताए।संविधानको रक्षा देशको समृद्धि र उन्नतिका लागि बाम लोकतान्त्रिक गठबन्धन भएको बताए।नेपाली कांग्रेसका महिला नेत्री तथा पूर्व सहायक राज्य मन्त्री भिम कुमारी बुढा मगरले हिजोको रोल्पालाई सम्झदा दिवा सपना जस्तै लाग्ने बताउदै रोल्पाले देशको परिवर्तनका लागि महान जनयुद्ध गरेको बताउनुभएको छ ।


उहाँले भन्नुभयो लामो संघर्ष र बलिदान त्याग तपस्या रोल्पाले गरेको समेत उहाँले बताउनुभएको छ । नेकपा एकीकृत समाजवादी रोल्पाका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य हरिप्रसाद घर्ती मगरले आफूहरू देशको रक्षा, संविधानको रक्षा,राजनीतिक स्थायीत्व तथा देशको समृद्धि र विकासका लागि केपी वली बाट आफूहरू विर्दोह गरेर आएको समेत बताउनुभयो ।


नेकपा माओवादी केन्द्र रोल्पाका इन्चार्ज राज बहादुर बुढा मगरले देशको विकास, समृद्धिका लागि एकजुट भएको बताउनुभयो । हिजो एक अर्काले ठूलाठूला आन्दोलन भएको बताउदै,सामराज्यवाद र सामन्तवाद विरुद्ध भएको बताउनुभएको छ । अबको गठबन्धन सरकार, संसद,स्थानीय तह गठबन्धनको सरकार बन्ने समेत उहाँले भन्नुभयो, कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र रोल्पाका सचिव पूर्ण केसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array