Ad image

परिबर्तन गाँउपालिकाको पाछाबाङमा पशु स्वास्थ्य शिबिर सम्पन्न

मालश्री खबर
मालश्री खबर २६ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, कार्तिक २६ रोल्पा ।
रोल्पाको परिबर्तन गाँउपालिका वडा न. ४ पाछाबाङमा पशुहरुका लागि डोर टु डोर बाझोपन निबारण सम्बन्धी दुई दिने पशु शिबिर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाको आयोजनामा उक्त दुई दिने शिबिर सम्पन्न भएको हो । शिबिरमा परिबर्तन गाँउपालिका वडा न. ४ का वडा अध्यक्ष मानसिङ बुढाको प्रमुख आथित्यता रहेको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर सुकइ प्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आकृति क्षेत्रि वलि, खर्क वलि लगाएत कृषकहरुको सहभागिता रहेको थियो । दुइ दिने शिबिरमा किसानहरुको घर—घरमा गएर बाझोपना भएका पशुहरुको बिबरण संकलन, पशुको उपचार गरिएको थियो । शिबिरमा करिब ५५ पशुको उपचार गरि औषधी बितरण समेत गरिएको आयोजकले बताएको छ ।

कृषकहरुले यसरी आफ्नो पशुहरुको आफ्नै घर गोठमा गएर उपचार गराउन पाँउदा आफुहरु निकै हर्षित भएको बताएका छन् । प्रमखु अथिति बुढाले कार्यकालको शुभकामना दिदै थप यस्तो कार्यक्रम हुन सके आर्थिक अबस्थामा उन्नती हुने बताउनु भएको थियो । दुई दिन सम्म चलेको शिबिरमा ४० घर कृषक लाभान्वीत भएका छन् ।

- Advertisement -
Ad image

करिब डेडलाखको औषधि बितरण गरिएको भेटनेरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख थारुले जानकारी दिनु भएको छ । सम्पन्न कार्यक्रमको सन्चालन भेटेरीनरी अस्पताल तथा पसु सेवा बिज्ञ केन्द्र रोल्पाका रोल्पाका अधिकृत गिर बहादुर घर्तिले गर्नुभएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array