Ad image

देउवा र प्रचण्ड २९ गते रोल्पाको होलेरी आँउदै

मालश्री खबर
मालश्री खबर २६ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर,मालश्री खबर, कार्तिक २६ रोल्पा ।
नेपाली कांग्रेसका सभापति एवं देशका प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) रोल्पा आउने बताइएको छ । बाम लोकतान्त्रिक गठबन्धनको जिल्ला स्तरीय बृहत चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्न देउवा र दाहाल कार्तिक २९ गते मंगलबार रोल्पाको होलेरीमा आउन लाग्नु भएको हो ।

जिल्ला निर्वाचन परिचालन समिति रोल्पाले होलेरीमा आयोजना गरेको कार्यक्रम लाई सम्बोधन गर्न सँगै देउवा र दाहाल आउने रोल्पा निर्वाचन परिचालन समिताका संयोजक नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचीव तथा रोल्पा प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार बर्षमान पुन(अन्नत)ले जानकारी दिनु भएको छ । पुनका अनुसार अन्य जिल्लाका पनि देशका प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्षले सोही अवसर पारेर रोल्पाको कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका तयार भएको बताउनु भयो ।

पुनले भन्नुभयो “पाँच दलीय गठबन्धनका दलहरुको निर्णय के भएको छ भन्दा मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारलाई बिजयी गराउने निर्णय भएको छ,त्यहीँ अनुसार जिल्ला स्तरीय बृहत चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्न आउन लाग्नु भएको समेत बताउनुभयो ।

साथै रोल्पामा पाँच दलीय गठबन्धन अनुसार नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतको बाम लोकतान्त्रिक गठबन्धन भएको जिल्ला निर्वाचन परिचालन समितिका सदस्य तथा नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्यले जानकारी दिनु भएको छ । आचार्यका अनुसार रोल्पा जिल्लामा पहिलो पटक नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बाम लोकतान्त्रिक गठबन्धन गरि देशभरीनै नयाँ सन्देश दिन खोजेको समेत बताउनु भएको छ । आचार्यले भन्नुभयो“पहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता बर्ग दुश्मन जस्तो गर्ने प्रवृत्ति थियो तर अहिले राष्ट्रिय राजनीतिको परिस्थिति अनुसार रोल्पामा एउटै मञ्चमा उभिएको र एक अर्काले निर्वाचनमा सहयोग गर्ने वातावरण सिर्जना भएको“समेत बताउनुभयो ।

- Advertisement -
Ad image

बाम लोकतान्त्रिक गठबन्धन रोल्पा निर्वाचन परिचालन समितिले बृहत जिल्ला स्तरीय चुनावी सभा कार्यक्रममा कार्तिक २९ गते मंगलबारका दिन होलेरीमा उपस्थित भइदिन रोल्पा बासी सबैलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array