Ad image

लोतान्त्रिक बाम गठबन्धनको बृहत चुनावी सभा २७ गते घर्तिगाँउमा

मालश्री खबर
मालश्री खबर २६ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २६ रोल्पा ।
संयुक्त लोतान्त्रिक बाम गठबन्धन रोल्पा प्रदेश सभा २ ख को बृहत चुनावी सभा घर्तिगाँउमा हुन लागेको छ । संयुक्त लोतान्त्रिक बाम गठबन्धन रोल्पाले रोल्पाका विभिन्न ठाउँहरुमा चुनावी भेलालाई तिब्रता दिईरहेको छ ।

त्यसै क्रममा कार्तिक २७ गते अर्थात भोली आइतबार माडि गाउँपालिकाको घर्तिगाँउमा बृहत चुनाबी आम सभा गर्न लागेको संयुक्त गठबन्धन चुनाव प्रचार प्रसार समितीले जानकारी दिएको छ । उक्त आम सभालाई सम्बोधन गर्न पुर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधी सभा सदस्यका प्रत्यक्ष उम्मेद्धार वर्षमान पुन, माओवादी केन्द्रकी स्थाई समिति सदस्य जयपुरी घर्ति, नेपाली कांगे्रस लुम्बनी प्रद्श सभापति एवम् प्रदेश सभा क्षेत्र नं. १ ख का रोेल्पाका उम्मेद्वार अमरसिह पुन, प्रदेश सभा क्षेत्र न. १ का उम्मेद्वार जोखबहादुर महरा, नेपाली कांग्रेसका प्रतिनिधी सभा तर्फका समानुपातीक उम्मेदवार कृष्ण बहादुर घर्तिमगर लगाएत विभिन्न शिर्ष नेताहरुले सम्बोधन गर्ने लोकतान्त्रिक गठबन्धन प्रचर प्रसार समितिले जनाएको ।

प्रतिक्रिया दिनुहोस्

Array