Ad image

चुनाव जित्न मलाई कुनै सकस छैेन् – अमरसिंह पुन

मालश्री खबर
मालश्री खबर २६ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक २६ रोल्पा ।

मालश्री संवादमा बोल्दै संयुक्त वाम गठबन्धन रोल्पा क्षेत्र न २ ख का उम्मेदवार एंव लुम्बिनी प्रदेश नेपाली कांगे्रसका सभापति अमरसिंह पुनले चुनाब जित्नको लागी आफुलाई कुनै सकस नभएको बताएका छन । स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार पुन सिजलले कुनै खालको असर नपार्ने बताए ।
द्वन्दको समयमा रोल्पाली नेता तथा जनताले राजनीतिक नबुझेकाले थप समस्या भएको बताए । राजनीतिक कुरा नबुझेकाले बिगतमा पार्टि पार्टि बिचमा द्वन्द उत्पन्न हुने एक पार्टिले अर्को पार्टिलाई विभिन्न आक्षप लाग्ने गरेको बताए ।

अहिले सबैले राजनीति के हो भन्ने वुझिसकेकाले सबै पार्टिका साथी तथा कार्यकर्ता बिचमा कुनै किसिमको मतभेद नभएको पनि उल्लेख गरेका छन् । एक ब्यक्तिमा बैचारिक बिचलन हुदैमा सबैको विचार बिचलन नहुने कुरा समेत पुनले बताए ।

आगामि मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनीधी सभाको चुनाबमा सम्पुर्ण गठबन्धनका साथीहरु मिलेर चुनाब प्रचार प्रसार तथा मतदातालाई मतदान शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे । संविधानको रक्षा, रोल्पा र समग्र देश विकासको लागी नेपाली कांग्रेस र नेकपाको गठबन्धनका उम्मेद्वारलाई मत दिनुपर्ने उहाँको भनाई छ ।
पुनले समग्र रोल्पावासिलाई गठबन्धनलाई मत दिन आग्रह गरे । रोल्पाको लागि आवज उठाउन सक्ने विकास र समृद्धिको बाटो देखाउने प्रभावशाली नेता गठबन्धनमा भएकाले गठबन्धनका उम्मेद्वलाई चुन्न आम रोल्पाली जनतालाई रेडियो मालश्रीको लोकप्रिय कार्यक्र मालश्री संवादबाट अपिल गरे ।

- Advertisement -
Ad image

चुनाब जितेर आफु बलियो हुनका लागी नभएर अहिलेको संघिय लोकतान्त्रिक ब्यवस्थालाई निरन्तरता, स्थायीत्व र ब्यवस्थित गरी संघ, प्रदेश र स्थानीय तहको प्रतिनीधित्व गरी सुब्यवस्थित ढंगले सञ्चालन गर्न गठबन्धन गर्नु परेको बताए । नेपाली कांगेसका कार्यकर्ताले यो गठबन्धनको चुनाबमा चुनाबलाई बिथोल्ने खालका गतिविधी गरेमा लुम्बीनी प्रदेश कांगे्रस सभापति हैसियतले तत्काल कारर्बाहीको दायरामा लिने समेत पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array