Ad image

स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार पुनले पाटीलाई धोका दिनु भयो इन्चार्ज – राज बहादुर बुढा

मालश्री खबर
मालश्री खबर २६ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक २६ रोल्पा ।

रेडियो मालश्रीको, मालश्री सम्बाद कार्यक्रममा वोल्दै नेकपा माआवादी केन्द्र रोल्पाका पार्टि इन्चार्ज राजवहादुर वुढामगरले विगत १०/१५ वर्ष देखि जिल्लाको पार्टिलाई चलाउदै जिम्मेवारी लिएको दिपेन्द्रकुमार पुन सिजलले कार्यकर्ताले चुनावमा उठ्न दबाव दिए भन्दैमा आफ्नो जिम्मेवारी बाट पञ्छनु नहुने बताएका छन् ।

स्वातन्त्र उम्मेद्वारले गर्दा गठबन्धनलाई कम मत आउछ भन्ने भ्रममा नपर्न आग्रह समेत गरे । नेपाली कांग्रेससँगको गठबन्धन अर्थपुण रहेको वुढाको भनाई छ । कुराकानीकै क्रममा बुढाले पार्टिको नीति बिपरीत स्वतन्त्रको पक्षमा भोट माग्न हिड्ने नेता तथा कार्यकर्तालाई पार्टिले कारबाही गर्ने बताए ।

पदकै लागी कांगे्रस सँग गठबन्धन गरेको भन्ने कसैले बुझ्दछ भने त्यो निकै ठुलो गल्ती गल्ती हुने उनले बताए । नेकपाले कांग्रेस लगाएत अन्य ४ दलसँग गठबन्धन गर्नुको प्रमुख कारण साझा मुद्या, एजेण्डा रहेको बताए । गठबन्धनका ५ दलकै साझा मुद्या सविंधानको रक्षा गर्ने रहेको कुरा स्पष्ट पारे । देशमा राजनैतिक स्थायीत्व र शान्ति अमनचैन कायम गर्ने र देशलाई आर्थिक स्थायीत्व प्रदान गर्नु, राष्ट्रिय स्वाधिनतालाई बचाउनु अहिलेको मुख्य एजेण्डा गठबन्धनको भएको उल्लेख गरे । नेपालको राजनीतिमा जब सम्म कालो बादल हट्दैन तब सम्म गठबन्धन रहिरहने बुढाले बताए ।

- Advertisement -
Ad image

२०७४ सालमा एमालेसँग दुरगामि महत्वका विषयलाई ठिक ढंगले नहेरी, ब्यापक छलफल, अध्ययन, बहस नगरी हतारमा पार्टि एकता र गठबन्धन गर्नु गल्ती बभएको दाबी गरे । तर अहिले नेकपाले त्यो गल्तीलाई सच्चाई समग्र देशको हित रक्षा र स्थायीत्वको लागी गठबन्धन गरेको बताए । सत्य निरुपन तथा मेलमिला आयोग गठन भएता पनि त्यो अहिले निष्क्रिय भएको र त्यो काम हिजको दुईतिहाई नजिकको वहुमतको सरकारले पुरा गर्न तिर नलागी उल्टै संविधान भंग गर्ने तर्फ लागेको बुढाको आरोप छ । अब ति बाकि रहेको कार्य गठबन्धनले गर्नेमा ढुक्क रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array