Ad image

जनयुद्ध र जनआन्दोलन बाट प्राप्त उपलब्धिलाई श्रीपेज बिनाको राजा केपि ओलिले प्रतिक्रान्ति गरे – जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर २६ कार्तिक २०७९, शनिबार
7 Min Read
Aa

भरत नेपाली ,मालश्री खबर, कार्तिक २६ रोल्पा ।

जनयुद्ध र जनआन्दोलन बाट प्राप्त उपलब्धिलाई श्रीपेज बिनाको राजा केपि ओलिले सिहदरवार बाट प्रतिक्रान्ति गर्न लागेको रोल्पा क्षेत्र न १ क का बाम लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदवार जोख बहादुर महराले बताउनु भएको छ । शनिबार रोल्पा नगरपालिका वडा न ९ ह्बामा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी भेला कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै महराले सो कुरा बताउनु भएको हो ।

महराले राजा महेन्द्रले नारायणहिटि र केपि ओलिले सिहदरवार बाट प्रतिक्रान्ति गर्न लागेकाले ५ दलिय गठबन्धन गरेको बताउदै हिजो काङ्ग्रेस र माओवादी लडाइ नभै हामी त सत्ता सग लडेको बताउदै २०५२ सालमा हामिले विभिन्न माग राख्दा नेपाली कांग्रेसको सरकार रहेकोले सत्ताको रक्षा गर्नको नेपाली काङ्ग्रेसले प्रतिरोध गरेको बताउनु भयो । २०१५ सालमा आम निर्वाचन बाट जननिर्वाचित बि.पि कोइरालाको सरकार २ वर्ष नपुग्दै नारायण हिटि बाट राजा महेन्द्रले कु गरेर तीस वर्ष पन्चायती शासन चलाय त्यस्तै गरि अहिले केपि ओलिले सिह दरवार बाट कु गर्न लागे पछि कांग्रेस, माओवादी, समाजबादी र जनमोर्चा बिच गठबन्धन गरियको बताउनु भयो ।

- Advertisement -
Ad image

त्यस्तै कार्यक्रममा बोल्दै तपाईहरुको एक भोटले प्रतिगामी र प्रतिक्रान्तिकारी हरुको अन्त्य हुने बताउदै हामी निर्वाचन पछि सघ र प्रदेशको सरकार बनाउ छौ त्यो सरकार कांग्रेस माओवादी,समाज बादी र जनमोर्चा सबैको साझा गठबन्धन को सरकारको नाम ले चिन्नु पर्ने बताउनु भयो । त्यस्तै कांग्रेस ले हसिया हथौड़ामा र माओवादी ले रुखमा कसरी भोट हाल्ने भन्दै गाउँ गाउँ प्रश्न गरेको आफुले सुनेको बताउदै नेताहरुले एक अर्कालाइ भोट हाल्ल हुने जनताहरुले किन नहुने भन्दै अप्ठ्यारो नमानी ढुक्क साथ गठबन्धन लाई भोट हाल्न अनुरोध गर्नु भयो । संघ प्रदेश र स्थानीय तहको तिनै तहको सरकार एक अर्का मा समझदारी गरि आबश्यकताको आधारमा बिकास गर्ने बताउनु भयो ।

निर्वाचन जितेमा पाच वर्ष लाई बिकास र समृद्धिको वर्ष बनाउने बताउनु भयो। महराले देश , सबिधान, र ब्यबस्थाको रक्षा नहुदा सम्म यो गठबन्धन कायमै रहने बताउदै नेपाली कांग्रेस र माओवादी दुबै पाटि क्रान्ति गरि आएका पाटि हुन हिजो २००७ सालको आन्दोलनको नेतृत्व कांग्रेसले गरेको र जनयुद्ध जनआन्दोलनको नेतृत्व माओवादिले गरि अढाइसय वर्षको राजतन्त्र फालेको बताउनु भयो ।

त्यस्तै महराले जतिबेला देशमा अप्ठ्यारो स्थिति आउछ त्यतिबेला कांग्रेस र माओवादी लगायत देश भत्त पाटिहरु एक हुँदै आएको बताउनु भयो । त्यस्तै महराले प्रतिगमन लाई प्रास्त नहुदा सम्म बाम लोकतान्त्रिक गठबन्धन कायमै हुने बताउदै देशमा भएको बिकास हामिले गरेको र चुनाव जितेमा समृद्ध समाज निर्माण गर्न र कृषि, पर्यटन जस्ता क्षेत्रको बिकास गरि रोजगारको सृजना गर्ने बताउनु भयो ।

नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापति एंव प्रतिनिधी सभा तर्फका समानुपातीक उम्मेदवार कृष्ण बहादुर घर्तिमगरले हामी तपाई हरुको गाउँ घरमा भोट माग्न आएका छौ घरका कोहि नछुटि मसिर ४ गते मतदान केन्द्रमा पुगि प्रदेश सभा क मा जोख बहादुर महरालाइ गोलाकार भित्र हसिया हथौड़ामा भोट हाल्न अनुरोध गर्दै समानुपातिकमा रुख, हसिया हथौड़ा, गिलास र कलम चिन्हमा भोट हाल्न अनुरोध गर्नु भयो । रोल्पामा पहिलो पाटी र दास्रो पाटी मिलेर चुनाव लडी सके पछि अरु पाटीको भुमिका शुन्य, बिचरामो अबस्थामा हुने बताउनु भएको छ ।

हिजोको युद्ध देखि अलग भएका दुई देशमा ठुला राननितिक दल कांग्रेस माओबादी सँगै अन्य दल समाजबादी र राष्ट्रिय जनमोर्चा एक भए पछि अरु दलको केहि नलाग्ने समेत नेता घर्तिले बताउनु भएको छ । माले, मसाले मन्दले सबै अरु नौं दल मिलेर पनि रोल्पामा चुनावी सभा गर्न नसक्ने समेत बताउनु भयो । मिल्दा कति राम्रो हन्छ नमिल्दा कस्तो हुन्छ भन्ने कुरा सबैलाई राम्रो सँग थाहा भएको हुनाले सबैले दाया बाया नगरेर गठबन्धनको पक्षमा लाग्न र गठबन्धनका उम्मेदवारलाई जिताउन आम नेता कार्यकर्ता र मतदातालाई आग्रह समेत गर्नु भयो ।

आफ्नै श्रीमान, श्रीमतकिो बिचमा एकले अर्कालाई अनावश्यक संका ग¥र्यो भने जसरी घरबार चल्दै, त्यसरी नै गठबन्धन दलमा पनि एकले अर्कालाई अनावश्यक संका उपसंका गर्न तर्फ लाग्ने हो भने गठबन्धनको पनि घरबार नबन्ने समेत नेता घर्तिले बताउनु भयो । घर बार बनाउनकै लागी भए पनि गठन्धन एक भएर जानुपर्ने बताउनु भयो । यो गठबन्धलाई सामान्य गठबन्धनको रुपमा नबुझ्न र नलिन गठबन्धनका आम नेता कार्यक्रतालाई आग्रह गर्नु भएको थियो । सामान्य अवस्थामा यो गठबन्धन नभएको हुनाले सबै नेता कार्यकर्ताले आँखा चिम्लेर गठबन्धनको पक्षमा लाग्नु पर्ने बताउनु भएको थियो ।

त्यस्तै सोहि चुनावी सभामा बोल्ने क्रममा ने.क.पा माओवादी केन्द्र बाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार मिना बुढामगर कार्यक्रममा बोल्दै देशमा १०४ वर्षको राना शासन , तीस वर्षको पन्चायत र २०४६ सालको जनआन्दोलन र १९ दिने आन्दोलन बाट राजतन्त्र फाल्नको लागि कांग्रेस माओवादी लगायत अन्य पाटिहरु मिलेर नै सफल भएको बताउनु भयो ।

केपि ओलिले जनयुद्ध र जनाआन्दोलन बाट प्राप्त उपलब्धी लाई खोस्न खोजेको बताउदै नेपाली जनताको भाग्य र भबिस्यको सुनिस्चित गर्नको लागि अहिले देशमा गठबन्धन गरेको बताउनु भयो । त्यस्तै अर्का समानुपातिक उम्मेदवार कुस्मा महराले हिजो जनयुद्धको समयमा हामी गाउँ गाउँ क्रान्तिका कुरा लियर आउने गथ्र्यौ तर आज हामी तपाईं हरुको सामु देश बिकास सगै समृद्ध समाज निर्माण गर्नको लागि बाम लोकतान्त्रिक गठबन्धन गरि आएको बताउदै, हामी कार्यक्रमको सिलसिलामा धेरै स्थानमा पुग्दा नेताहरु निर्वाचन जिते पछी कहिले पनि गाउँ नआउने गुनासो आफुले सुनेको बताउदै निर्वाचन जिते पछि त्यो गुनासोको सम्बोधन गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस रोल्पा नगरपालिका सभापति चन्द्र प्रकाश आचार्य,नेपाली काङ्ग्रेस पुर्ब पाटि सचिब जित बिक्रम मल्ल समेत बोल्नु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रको पोलिट ब्युरो सदस्य मान बहादुर बुढामगर, नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य शुक बहादुर रोका, नेपाली कांग्रेस प्रदेश सभा १ क का क्षेत्रीय सभापति दुर्गा बहादुर खडका, एकिकृत समाजबादी जिल्ला सचिवालय सदस्य तेजराज भन्डारि लगायतको सहभागीता रहेको थियो । कार्यक्रम को अध्यक्ष नेकपा माओवादी केन्द्र रोल्पा न.पा वडा न. ९ को अध्यक्ष प्रलय रानामगरको अध्यक्षतामा गरिएको कार्यक्रमको सन्चालन नेकपा माओवादी केन्द्र रोल्पा न.पा वडा न. ९ को सचिब चुडामणि के.सि ले गर्नु भएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array