Ad image

रोल्पामा नेकपा एमालेले चुनाव जित्दैन् – अमरसिंह पुन

मालश्री खबर
मालश्री खबर २६ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढामगर,मालश्री खबर, कार्तिक २६ रोल्पा ।

लुम्बिनी प्रदेशका नेपाली कांग्रेस सभापति एवं बाम लोकतान्त्रिक गठबन्धनका साँझा रोल्पा क्षेत्र नं.१ ख का प्रत्यक्ष उम्मेदवार अमरसिंह पुनले रोल्पामा नेकपा एमालेले चुनाव नजित्ने दाबी गर्नु भएको छ । निर्वाचन परिवर्तन समिति क्षेत्र नं.१ क रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई सुलिचौरमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।सभाको विशिष्ट अतिथी समेत रहेका पुनले रोल्पामा नेकपा एमालेले एक्लै चुनाव लडइँ छ हामी लोकतान्त्रिक बाम गठबन्धन गरेर चुनावमा भाग लिएको र रोल्पामा एमालेको पक्षमा जनलहर नभएको समेत बताए ।

मलाई लाग्छ चुनाव त निर्विरोध रूपमा अहिले नै जित्छु जस्तो लाग्छ।कसरी संसदलाई दुई दुई पटक प्रतिगमन तिर लैजाने शक्तिलाई रोल्पाली जनताले भोट दिन्छ होला र!मैले बुझेको छु रोल्पा क्षेत्र नं.१ ख का जनताले बाम लोकतान्त्रिक गठबन्धन बाहेक रामको बुबा श्याम आएप्नी भोट दिदैन्न।हाम्रो गठबन्धन भनेको चुनावपछी दुई तिहाईको सरकार प्रदेश र संघले पाउने समेत पुनको भनाइ रहेको छ । जित्नु मात्र ठूलो कुरा होइन देशको विकास,समृद्धि,राजनीतिक स्थायीत्व,संविधानको संरक्षणका लागि आफूहरूलाई बिजय गराउनु अहिलेको आवश्यकता रहेको समेत बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array