Ad image

पाँच दलीय गठबन्धन दस बर्ष सम्म नै सँगै हुन्छ पूर्व सभामुख – कृष्ण बहादुर महरा

मालश्री खबर
मालश्री खबर २६ कार्तिक २०७९, शनिबार
10 Min Read
Aa

सुर्य प्रकाश बुढामगर,मालश्री खबर, कार्तिक २६ रोल्पा ।
पाँच दलीय गठबन्धन दस बर्ष सम्म नै हुने पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर महराले बताउनु भएको छ । निर्वाचन परिचालन समिति क्षेत्र नं. १ क रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन क्षेत्र नं. १ क स्तरीय बृहत संयुक्त चुनावी सभालाई सुलिचौरमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

महराले देशको समृद्धिका लागि नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएको समेत बताए । साथै प्राप्त उपलब्धिको संरक्षण होस, कसैको इच्छा चाहना अनुसार नभएर बिल्कुल संविधानको रक्षाको लागि समेत बताए।यो देशमा पश्चगामी संविधानलाई प्रतिगमन तिर लैजाने तत्वलाई प्रास्त गर्नको लागि एक जुट भएको समेत बताए।महराले प्रतिगमन शक्ति विरुद्ध अग्रगमन शक्तिहरु एउटै मञ्चमा होमिएको समेत बताए । समृद्धि रोल्पाको लागि नयाँ शैली बाट अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताए ।

- Advertisement -
Ad image

नेपाली कांग्रेसका सभापति एवं शेर बहादुर देउवालाई दुई दुई पटक आफूहरूले हस्ताक्षर गराएर देशको प्रधानमन्त्री बनाएको नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहा सचीव तथा रोल्पा बाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार बर्षमान पुन मगर अन्नत ले बताउनुभएको छ । निर्वाचन परिवर्तन समिति क्षेत्र नं.१ क रोल्पाले सुलिचौरमा आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । सभाको विशिष्ट अतिथि समेत रहेका पुन मगरले नेपाली कांग्रेससँग २०७४ सालको चुनावमा १ सय भन्दा बढी स्थानीय तहमा गठबन्धन भएको र २०७९ को स्थानीय तहको चुनावमा पनि करिब ३सय बढी स्थानीय तहमा सँगै चुनावमा होमिएको समेत बताए।साथै एकले अर्कोलाई मतदान गरि सकेको र रोल्पाको सन्दर्भमा भने पहिलो पटक भएकाले केही अप्ठ्यारो जस्तो देखिए ता पनि मङ्सिर ४ गते पछि सहज हुने समेत पुनको भनाइ रहेको छ।पार्टीको निर्माण भनेको गठबन्धनलाई बिजय गराउनु रहेको समेत बताए।आफूहरू निर्वाचित भएपछी रोल्पा अन्तर्गत मदन भण्डारी राजमार्ग, १५० किलोवाट माडी जलशाययुक्त जलविद्युत आयोजना अगाडि बढ्ने र सहिद राजमार्गको पिचको कामले तीब्र पाउने समेत पुनको दाबी रहेको छ ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संघीय सरकारका निवर्तमान शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्ती मगरले लामो समयपछि देशले संघीय लोकतन्त्र,गणतन्त्र पाएको बताउनु भएको छ । निर्वाचन परिचालन समिति क्षेत्र नं.१ क रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई सुलिचौरमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको छ । चुनावी सभाकी विशिष्ट अथिती समेत रहेका घर्ती मगरले हिजो महान दसबर्षे जनयुद्ध,१९ दिने आन्दोलनले गर्दा आज देशमा संघीय लोकतन्त्र,गणतन्त्रको स्थापना भएको समेत बताए।संघीयता कार्यान्वयन भय सँगै, २०७२ मा संविधान निर्माण भएको र सिंह दरबारको अधिकार गाउँ गाउँमा पुगेको र ७ प्रदेश ७५३ वटा स्थानीय तह निर्माण भएको समेत बताए।आफूहरू शान्ति प्रक्रियामा गएको र २०६४ सालमा आफू चुनावमा भाग लिएर रोल्पाली जनताले बिजय गराएको समेत बताए।रोल्पामा आफूहरू निर्वाचित भएपछी रोल्पामा विकासको धोका खेलेको समेत बताए, उतिबेला शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी र सूचना संचारको विकास भएको थिएन अहिले भएको समेत बताए ।

लुम्बिनी प्रदेशका नेपाली कांग्रेस सभापति एवं बाम लोकतान्त्रिक गठबन्धनका साँझा रोल्पा क्षेत्र नं.१ ख का प्रत्यक्ष उम्मेदवार अमरसिंह पुनले रोल्पामा नेकपा एमालेले चुनाव नजित्ने दाबी गर्नु भएको छ।निर्वाचन परिवर्तन समिति क्षेत्र नं.१ क रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई सुलिचौरमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।सभाको विशिष्ट अतिथी समेत रहेका पुनले रोल्पामा नेकपा एमालेले एक्लै चुनाव लडइँ छ हामी लोकतान्त्रिक बाम गठबन्धन गरेर चुनावमा भाग लिएको र रोल्पामा एमालेको पक्षमा जनलहर नभएको समेत बताए । मलाई लाग्छ चुनाव त निर्विरोध रूपमा अहिले नै जित्छु जस्तो लाग्छ।कसरी संसदलाई दुई दुई पटक प्रतिगमन तिर लैजाने शक्तिलाई रोल्पाली जनताले भोट दिन्छ होला र!मैले बुझेको छु रोल्पा क्षेत्र नं.१ ख का जनताले बाम लोकतान्त्रिक गठबन्धन बाहेक रामको बुबा श्याम आएप्नी भोट दिदैन्न।हाम्रो गठबन्धन भनेको चुनावपछी दुई तिहाईको सरकार प्रदेश र संघले पाउने समेत पुनको भनाइ रहेको छ । जित्नु मात्र ठूलो कुरा होइन देशको विकास,समृद्धि,राजनीतिक स्थायीत्व,संविधानको संरक्षणका लागि आफूहरूलाई बिजय गराउनु अहिलेको आवश्यकता रहेको समेत बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नं.१ क रोल्पाका प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार जोख बहादुर महराले प्रतिक्रान्तिकारी शक्ति विरुद्ध एकजुट भएको बताउनु भएको छ । निर्वाचन परिचालन समिति क्षेत्र नं.१ क रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई सुलिचौरमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।चुनावी सभाको विशिष्ट अतिथी समेत रहेका महराले हिजो पञ्चायत व्यवस्था,राणा शासन फाल्न,२०३६ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, २०५२ सालको महान दस बर्षे जनयुद्धमा नेपाली जनताको ठूलो योगदान रहेको समेत बताए।यो देशको परिवर्तनका लागि रोल्पाली जनता,नेपाली जनताले लामो संघर्ष गरेको महराको दाबी रहेको छ । नेपाली जनताले करिब सात दशक पछी करिब ८० बर्षमा लामो त्याग तपस्या बाट प्राप्त गरेको संविधानलाई च्याट्न खोज्ने,संविधानको धज्जी उडाउने र पश्चगामी शक्तिको विरुद्ध एकजुट भएको समेत बताए । साथै संविधानलाई धोष्त पार्न खोज्ने र प्रतिगामी क्रान्तिकारी शक्तिलाई परास्त गर्नको लागि अहिले आवश्यकता भएको समेत बताए । नेपालमा ठूल्ठूला परिवर्तन संघर्षले गर्दा अहिले संघीय लोकतन्त्र गणतन्त्र स्थापन भएको बताउदै महराले देशको अप्ठ्यारो परिस्थितिमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले देशलाई निकास दिएको समेत बताए । त्यस्तै कांग्रेस ले हसिया हथौड़ामा र माओवादी ले रुखमा कसरी भोट हाल्ने भन्दै गाउँ गाउँ प्रश्न गरेको आफुले सुनेको बताउदै नेताहरुले एक अर्कालाइ भोट हाल्ल हुने जनताहरुले किन नहुने भन्दै अप्ठ्यारो नमानी ढुक्क साथ गठबन्धन लाई भोट हाल्न अनुरोध गर्नु भयो । संघ प्रदेश र स्थानीय तहको तिनै तहको सरकार एक अर्का मा समझदारी गरि आबश्यकताको आधारमा बिकास गर्ने बताउनु भयो । निर्वाचन जितेमा पाच वर्ष लाई बिकास र समृद्धिको वर्ष बनाउने बताउनु भयो। महराले देश , सबिधान, र ब्यबस्थाको रक्षा नहुदा सम्म यो गठबन्धन कायमै रहने बताउदै नेपाली कांग्रेस र माओवादी दुबै पाटि क्रान्ति गरि आएका पाटि हुन हिजो २००७ सालको आन्दोलनको नेतृत्व कांग्रेसले गरेको र जनयुद्ध जनआन्दोलनको नेतृत्व माओवादिले गरि अढाइसय वर्षको राजतन्त्र फालेको बताउनु भयो ।

त्यस्तै भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापति एंव प्रतिनिधी सभा तर्फका समानुपातीक उम्मेदवार कृष्ण बहादुर घर्ति मगरले रोल्पामा पहिलो पाटी र दास्रो पाटी मिलेर चुनाव लडी सके पछि अरु पाटीको भुमिका शुन्य, बिचरामो अबस्थामा हुने बताउनु भएको छ । हिजोको युद्ध देखि अलग भएका दुई देशमा ठुला राननितिक दल कांग्रेस माओबादी सँगै अन्य दल समाजबादी र राष्ट्रिय जनमोर्चा एक भए पछि अरु दलको केहि नलाग्ने समेत नेता घर्तिले बताउनु भएको छ । माले, मसाले मन्दले सबै अरु नौं दल मिलेर पनि रोल्पामा चुनावी सभा गर्न नसक्ने समेत बताउनु भयो । मिल्दा कति राम्रो हन्छ नमिल्दा कस्तो हुन्छ भन्ने कुरा सबैलाई राम्रो सँग थाहा भएको हुनाले सबैले दाया बाया नगरेर गठबन्धनको पक्षमा लाग्न र गठबन्धनका उम्मेदवारलाई जिताउन आम नेता कार्यकर्ता र मतदातालाई आग्रह समेत गर्नु भयो । आफ्नै श्रीमान, श्रीमतकिो बिचमा एकले अर्कालाई अनावश्यक संका ग¥र्यो भने जसरी घरबार चल्दै, त्यसरी नै गठबन्धन दलमा पनि एकले अर्कालाई अनावश्यक संका उपसंका गर्न तर्फ लाग्ने हो भने गठबन्धनको पनि घरबार नबन्ने समेत नेता घर्तिले बताउनु भयो । घर बार बनाउनकै लागी भए पनि गठन्धन एक भएर जानुपर्ने बताउनु भयो । यो गठबन्धलाई सामान्य गठबन्धनको रुपमा नबुझ्न र नलिन गठबन्धनका आम नेता कार्यक्रतालाई आग्रह गर्नु भएको थियो । सामान्य अवस्थामा यो गठबन्धन नभएको हुनाले सबै नेता कार्यकर्ताले आँखा चिम्लेर गठबन्धनको पक्षमा लाग्नु पर्ने बताउनु भएको थियो ।

सभालाई नेपाल बिद्यार्थि संघका पुर्ब महामन्त्री एंव नेपाली कांग्रेस रोल्पाका नेता मनोजमणी आचार्य लगाएतले सभालाई सम्बोधन गर्नु भएको थियो । सभामा गठबन्धन दलका प्रतिनिधी सभा र प्रदेश सभा तर्फका समानु पाटीक उम्मेदवार , नेपाली कांग्रेस रोल्पाका पाटी सभापती किशोर कुमार आचार्य, नेकपा माओबादी केन्द्र रोल्पाका जिल्ला इन्चार्ज राज बहादुर बुढा, नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका संयोजक गुणेन्द्र घर्ति , एकिकृत समाजबादी पाटीका केन्द्रिय सदस्य हरि प्रसाद घर्ति, एकिकृत समाजबादी पाटी रोल्पाका अध्यक्ष टंक बहादुर बुढामगर राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ बिष्ट लगाएत गठबन्धन दलमा आबद्ध दलका नेता कार्यकर्ता, भातृ एंव शुभेच्छुक संघ संगठनका प्रमुख प्रतिनिधी कलाकार लगाएको सभामा आतिथ्यता रहेको थियो । गठबन्धन निर्वाचन क्षेत्र न क का परिचालन समितिका सयोजक एंव नेकपा माओबादिका प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार आस बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रको संचालन नेपाली कांग्रेस प्रदेश सभा १ क का क्षेत्रिय सभापती तथा निर्वाचन क्षेत्र न क का परिचालन समितिका उपसंयोजक दुर्गा बहादुर खड्काले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array