Ad image

स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार पुनलाई पाटीको कुनै सहयोग हुदैन् -बर्षमान पुन

मालश्री खबर
मालश्री खबर २५ कार्तिक २०७९, शुक्रबार
3 Min Read
Aa

मालश्री खबर, कार्तिक २५ रोल्पा । 
गठबन्धन गरी चुनाव लड्ने केन्द्र बाट नै पार्टिको निर्णय भएकाले नेकपा छाडी स्वतन्त्रबाट उम्मेदवार दिएका पाटीका  पोलिट ब्यूरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुनलाई पाटीको तर्फ बाट कुनै पनि प्रकारको सहयोग नहुन लोकतान्त्रिक बाम गठबन्धन रोल्पाका प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार तथा नेकपा माओबादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताउनु भएको छ । रेडियो मालश्रीको, मालश्री संवाद कार्यक्रममा नेता पुनले सो कुरा बताउनु भएको हो ।

 

बाहिर जसरी हल्लाह चलेको छ त्यसरी आफ्नो पार्टिको तर्फबाट कुनै पनि किसिमको सहयोग नहुने कुरा उल्लेख गर्नुभयो । स्वतन्त्रलाई साथ दिएको छ, भन्ने कुरा झुठो रहेकाले यस्ता झुठा कुराको पछि नलाग्न पनि माओबादी केन्द्र रोल्पाका नेता कार्यकर्ता सबैलाई पुनले आग्रह गर्नु भएको छ । आफुले गठबन्धनलाई छोडेर स्वतन्त्रलाई साथ दिने भन्ने कुरा गलत भएको वताउनु भयो । साथै पुनले राजनीतिमा दोहोरो चरित्र नहुने र आफुमा पनि त्यस्तो चरित्र नभएको कुरा स्पष्ट पार्नु भयो ।

निर्वाचित भए पछि पुनले केन्द्रबाट हुने कार्यहरुमा प्रतिवद्ध भएर लाग्ने बताउनु भयो । केन्द्रबाट खास गरी नीति निमार्णको कार्य हुने भएकाले आफ्नो तर्फबाट रोल्पालाई प्रमुख केन्द्रमा राखेर योजना बनाउने उल्लेख गर्नु भयो । संघको अधिकार भित्र रहेका मेघा प्रोजेक्टहरु जलविद्युत, सिँचाई, सडक, शिक्षा, कृषि लगाएत थुप्रै खालका आयोजनका कार्य लाई अगाडि बढाउने बताउनु भयो ।

- Advertisement -
Ad image

विभिन्न कृषिका कार्यक्रम सञ्चालन गरी त्यसलाई वैज्ञानीक र आधुनिकीकरण गर्ने र त्यसबाट गाउँमै रोजगार सिर्जना गर्ने जस्ता महत्वपुर्ण कार्य योजना बनाउने कुरा उल्लेख गर्नुभयो । साथै प्रदेश सरकारबाट हुने मध्यम खालका आयोजनाहरुमा समन्वय गर्ने बताउनु भयो । पुनले अबको ५ वर्षमा संघ, प्रदेश र स्थानीय तह मिली जनताको जिबन स्तरमा उल्लेख्य परिवर्तन आउने गरी र जनताले देख्ने गरि काम गर्ने बताउनु भयो ।

जनताले दिएको जनमतको अपमान गर्ने, संविधान मिच्ने, लोकतन्त्र मास्ने लगाएतका केपी वलीको प्रतिगमन बिरुद्ध लड्नको लागि गठबन्धन गरेको बताउनु भएको छ । कार्यक्रम मालश्री संबादमा बोल्दै पुनले गठबन्धनले शान्ति र आपसी मेलमिलाप कायम हुने उल्लेख गर्नुभएको छ ।

कार्यक्रम मालश्री संबादमा पत्रकार गणेश केसीसंगको कुराकानीको क्रममा पुनले कार्यकर्ताहरुमा यो गठबन्धनले नैराश्यता छाएको होलानी भन्ने प्रश्नमा पुनले दश बर्षे जनयुद्ध देखि लिएर अहिले सम्म द्धन्द्ध पडित र तीनका आफन्तहरुमा पार्टिले कुनै पनि अप्रिय घटना नघटाएको र अव कार्यकर्ता तथा जनतामा पनि गठबन्धन केका लागि हो भन्ने कुरा बुझिसकेको स्पष्ट पार्नुभयो ।

पुनले स्थानीय तहको निवार्चनमा रोल्पाका कांग्रेस र आफुहरुले मैत्रीपुर्ण प्रतिस्पर्धा गरेको बताउनुभयो । विगत ३० वर्ष यतादेखि रोल्पामा यो गठबन्धनको सरकार पहिलो भएको उहाँको भनाई रहेको छ । यो गठबन्धनले राजनितिक स्थायित्व, संविधानको रक्षा र लोकतन्त्रको सुनिश्चितताका साथसाथै सुशासन र समृद्धिको प्रत्याभुति दिने बताउनुभयो । पुनले यो गठवन्धन राष्ट्रिय हितको लागी गठवन्धन आवश्यक रहेको बताउनु भयो । र यो गठबनधन लामो समय सम्म रहने र अबको पाँच बर्ष सम्म हुने गठबन्धनको सरकारले बिचमै संसद बिगठन नगर्ने समेत बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्