Ad image

नेपाली जनताले किन गठबन्धन गरेका होला भनेर अचम्म मान्न नहुने -अमरसिंह पुन

मालश्री खबर
मालश्री खबर २४ कार्तिक २०७९, बिहीबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर,मालश्री खबर, कार्तिक २४ रोल्पा । 

नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सभापति तथा लोकतान्त्रिक बाम गठबन्धन रोल्पा क्षेत्र नं.२ का प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार अमरसिंह पुनले नेपाली जनताले किन गठबन्धन गरेका होला भनेर अचम्म मान्न नहुने बताउनु भएको छ । निर्वाचन परिवर्तन समिति रोल्पा नगरपालिका वडा न. ६ को दार्बोटमा आयोजना गरेको भेटघाट कार्यक्रम सो कुरा बताउनु भएको हो ।

भेटघाट कार्यक्रमको प्रमुख अतिथी समेत रहेका पुनले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी वलीले आधा कार्यकालमै दुई — दुई पटक संसद विघटन गरेर नेपाल र नेपाली जनताको मतलाई केपि वली र नेकपा एमालेले अपमुल्याङकन गरेको बताउनु भएको छ । त्यसैको बिरुद्धमा नेपाली जनताले आफै लेखेको संविधानको रक्षा, स्थिरता र समृद्धिको लागि गठबन्धन गरि देशलाई निकास यो गठबन्धन सरकारले दिएको समेत बताए ।

- Advertisement -
Ad image

अहिले हामी यो गर्छौं त्यो गर्छौं भन्दिनौँ पहिलो हामीलाई निर्वाचित बनाएर पठाउनुस त्यसपछि क्रमिक रूपमा विकासका लागि धोका खुल्ने समेत नेता पुनले बताउनु भयो । साथै पुनले संविधान रक्षाका लागि रोल्पामा कांग्रेस र माओवादी एक ठाउँमा उभिएको समेत बताउनु भयो । ब्राह बुँदे सम्झौता, सेना समायोजन, संविधान जारी गर्ने देखि गणतन्त्र स्थापना गर्नुमा पनि नेपाली कांग्रेस र माओवादीको नेतृत्वमा भएको समेत नेता पुनले थप्पु भयो ।

हामीलाई आफ्नो अमुल्य मत दिएर बिजय गराउनुस त्यसपछि तपाईंका विकासका एजेन्डा पुरा गर्न संघ र प्रदेशबाट आफूहरूले पह्ल गर्ने समेत बताउनु भयो । आगामी मंसिर ४ गते पाँच दलीय लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतदान गरि सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array