Ad image

लोकतान्त्रिक बाम गठबन्धनको चुनावी भेटघाट कार्यक्रम कोटगाँउमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २४ कार्तिक २०७९, बिहीबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर,मालश्री खबर, कार्तिक २४ रोल्पा । 
लोकतान्त्रिक बाम गठबन्धनको चुनावी भेटघाट कार्यक्रम रोल्पा नगरपालिकाको कोटगाँउमा सम्पन्न भएको छ । सयुक्त गठबन्ध निर्वाचन परिचालन समिति रोल्पा नगरपालिका वडा न. ६ कोटगाउँ रोल्पाको आयोजनामा लोकतान्त्रिक बाम गठबन्धनको भेटघाट कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।

बिहीबार रोल्पा नगरपालिका वडा न. ६ को दार्बोटमा सम्पन्न भएको निर्वाचन परिचालन समिति रोल्पा नगरपालिका वडा न. ६ का संयोजक इमानसिङ के.सीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा लोकतान्त्रिक बाम गठबन्धन रोल्पा क्षेत्र नं.२ ख का प्रदेशसभा सदस्य प्रत्यक्ष उम्मेद्वार अमरसिंह पुन रहनु भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रमको विशिष्ट अतिथीमा नेकपा माओवादी केन्द्र रोल्पाका पार्टी इन्चार्ज राज बहादुर बुढा मगर रहनु भएको थियो । अन्य अतिथीमा नेपाली कांग्रेस रोल्पाका पार्टी सभापति किशोर कुमार आचार्य,नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री मनोजमणि आचार्य, नेकपा माओवादी केन्द्रका रोल्पा क्षेत्र नं.२ प्रदेशसभा सदस्य समानुपातिक उम्मेदवार कुश्मा महरा, नेकपा एकीकृत समाजवादी प्रदेश सभा २ ख का समानुपातिक उम्मेद्वार मनसिंह डाँगी, नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य समानुपातिक उम्मेद्वार भान बहादुर घर्ती, राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य समानुपातिक उम्मेद्वार हस्तमणी पुन मगर, नेपाली कांग्रेस रोल्पाका जिल्ला सचिव शेर बहादुर थापा, नेपाली कांग्रेस रोल्पाका महासमिति सदस्य महेन्द्र पुन, नेपाली कांग्रेस रोल्पाकि महाधिवेशन प्रतिनिधि तेज कुमारी बिष्ट, नेकपा माओवादी केन्द्र उपत्यका विशेष समिति सदस्य भृकुटी रोका लगाएतको सहभागी रहेको हाम्रा सहकर्मि सुर्य प्रकाश बुढा मगरले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array