Ad image

जनयुद्ध र जनआन्दोलन बाट फालियको राजतन्त्र लाई फर्काउन केपि ओलिले पस्चगामी गठबन्धन गरेका छन् -जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर २४ कार्तिक २०७९, बिहीबार
4 Min Read
Aa

भरत नेपाली /मालश्री खबर, कार्तिक २४ रोल्पा ।
जनयुद्ध र जनआन्दोलनको बाट फालियको राजतन्त्र लाई फर्काउन केपि ओलिले पस्चगामी गठबन्धन गरेको रोल्पा क्षेत्र न १ (क) का बाम लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदवार जोख बहादुर महराले बताउनु भएको छ । आज लुङ्ग्री गाउँपालिका वडा न १ पाङ र वडा न २ सिर्पमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी भेला कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै महराले सो कुरा बताउनु भएको हो । महराले जनाताको एक भोटले प्रतिगामी र प्रतिक्रान्तिकारी हरुको अन्त्य हुने बताउदै हामी निर्वाचन पछि सघ र प्रदेशको सरकार बनाउ छौ त्यो सरकार काङ्ग्रेस, माओवादी,समाज बादी र जनमोर्चा सबैको साझा गठबन्धन को सरकारको नाम ले चिन्नु पर्ने बताउनु भयो ।

त्यस्तै कांग्रेस ले हसिया हथौड़ामा र माओवादी ले रुखमा कसरी भोट हाल्ने भन्दै गाउँ गाउँ प्रश्न गरेको आफुले सुनेको बताउदै नेताहरुले एक अर्कालाइ भोट हाल्ल हुने जनताहरुले किन नहुने भन्दै अप्ठ्यारो नमानी ढुक्क साथ गठबन्धन लाई भोट हाल्न अनुरोध गर्नु भयो । संघ प्रदेश र स्थानीय तहको तिनै तहको सरकार एक अर्का मा समझदारी गरि आबश्यकताको आधारमा बिकास गर्ने बताउनु भयो । निर्वाचन जितेमा पाच वर्ष लाई बिकास र समृद्धिको वर्ष बनाउने बताउनु भयो। महराले देश , सबिधान, र ब्यबस्थाको रक्षा नहुदा सम्म यो गठबन्धन कायमै रहने बताउदै नेपाली काङ्ग्रेस र माओवादी दुबै पाटि क्रान्ति गरि आएका पाटि हुन हिजो २००७ सालको आन्दोलनको नेतृत्व कांग्रेसले गरेको र जनयुद्ध जनआन्दोलनको नेतृत्व माओवादिले गरि अढाइसय वर्षको राजतन्त्र फालेको बताउनु भयो ।

त्यस्तै महराले जतिबेला देशमा अप्ठ्यारो स्थिति आउछ त्यतिबेला काङ्ग्रेस र माओवादी लगायत देश भत्त पाटिहरु एक हुँदै आएको बताउनु भयो । त्यस्तै महराले प्रतिगमन लाई प्रास्त नहुदा सम्म बाम लोकतान्त्रिक गठबन्धन कायमै हुने बताउदै देशमा भएको बिकास हामिले गरेको र चुनाव जितेमा समृद्ध समाज निर्माण गर्न र कृषि, पर्यटन जस्ता क्षेत्रको बिकास गरि रोजगारको सृजना गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै रास्ट्रिय जनमोर्चा रोल्पाका जिल्ला अध्यक्ष मेघनाथ बिष्टले नेपालमा स्थायी सरकार बनाउने, देश बिकासको गर्ने र सबिधानको रक्षा गर्नको लागि गठबन्धन गरिएको बताउदै हाम्रो उम्मेदवार भनेकै माओवादी केन्द्र का नेता जोख बहादुर महरा नै भएकोले गोलाकार हसिया हथौड़ामा बिजय गराउनको लागि आह्वान गर्नु भयो ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस जिल्ला कार्य समिती रोल्पाका सह सचिब गन्ज बहादुर क्षेत्री ले मसिर ४ गतेको दिन चुनाव मात्र नभै देश कतातिर लैजाने भन्ने दिन हो त्यसैले तपाईंहरुले गठबन्धनलाई भोट दिएर सबिधानको रक्षा, राजनितिक स्थिरता र समृद नेपाल गराउने जिम्मा जनताको हातमा रहेको बताउनु भयो । क्षेत्रीले हामीहरु सबैको साझा उम्मेदवार माओबादी केन्द्र का बौद्धिक नेता जोख बहादुर महारालाइ लिइ गोलाकार भित्रको हसिया हथौड़ा मा भोट माग्न आएकोले अत्यधिक बहुमतले बिजय गराउनको लागि अनुरोध गर्नु भयो । ब्यत्तिको इच्छा चाहना भन्दा पनि देशको अवस्था र आबस्यकता अनुसार चल्नको लागि नेपाली कांग्रेस सम्बद्ध नेता तथा कार्यकर्ता हरुलाइ अनुरोध गर्नु भयो ।

कार्यक्रममा नेकपा माओवादी बाट रोल्पा प्रदेश सभा समानुपातिक उम्मेदवार मिना बुढामगर, नेकपा माओवादी केन्द्र का पोलिटब्युरो सदस्य मान बहादुर बुढामगर, नेपालि कांग्रेस स्मृती गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकि लगायतको सहभागीता रहेको थियो । लुङ्ग्री गाँउपालिका वडा न. १ पाङमा भएको चुनावी सभाको नेपाली कांग्रेस लुङ्ग्री गाँउपालिका वडा न. १ का वडा इकाई सभापति बेगम रोका क्षेत्रीको अध्यक्षतामा भएको चुनावी सभा कार्यक्रमको संचालन नेकपा माओबादी केन्द्र लुङ्ग्री गाँउपालिका वडा न. १ का अध्यक्ष दोर बहादुर पुनले गर्नु भएको थियो भने स्वागत मनतव्य नेकपा माओबादी केन्द्र लुङ्ग्री गाँउपालिका सहसचिव दिल बहादुर पुनले राख्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array