Ad image

पहिलो पटक पुग्यो करेटीको टुक्ला सम्म बस, स्थानीले गरे भब्य स्वागत

मालश्री खबर
मालश्री खबर २३ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, कार्तिक २३ रोल्पा । 

पहिलो पटक त्रिबेणी गाँउपालिका वडा न. १ को टुक्ला सक्म बस पुग्दा स्थानिय बासिहरु साह्रै खुशि भएका छन् । रोल्पा जिल्लाकै साथै पुरानो र ठुलो रोल्पा जलजला यातायात प्रालि दाङको घोराहि देखि तिला, गाङ, राम्मि ,ढोरेनि, सिरिगातिना हुँदै टुक्ला सम्म बस सेवा परिक्षण बुधबार गरे पछि स्थानियहरु खुशि भएका हुन ।

बुधबार रोल्पा जलजला यातायात प्रालिको ना ३ ख २०७० नम्बरको बस पहिलो पटक त्यँहा पुगेको रोल्पा जलजला यातायात प्रालि महासचिव र्बमान बुढा ज्वालाले जानकारी दिनु भएको छ । बस परिक्षमा यातायात प्रालिका महासचिव बुढा आफै पुग्नु भएको थियो । टुक्लामा पहिलो पटक बस पुगेको खुशियालिमा स्थानीय बासिहरुले यातायातका महासचिव, ड्राभर बिजय बस्नेत लगाएत गाडी स्टापलाई बाजा गाजा सहित फुलमाला अबिर लगाएर भब्य स्वागत गरेका थिए ।

- Advertisement -
Ad image

त्यस क्षेत्रको नागरीकहरुको आवश्यकता र मागको आधारमा अब देखि दैनिक रुपमा गाडी संचालन हुने बताइएको छ । अब दैनिक बिहान ७ः३० बजे त्रिबेणी गाँउपालिका वडा नं १ टुक्ला देखि बस छुट्ने छ, भने दाङ घोराही देखि हरेक दिन बिहान ११ः०० बजे गाडी छुट्ने प्रालीले बताएको छ । स्वागत कार्यक्रममा यातायात व्यावसायि प्रालीको तर्फ बाट महासचिव बरमान बुढा ज्वाला, नेपाल रेडक्रस रोल्पा तिला शाखाका सभापति एंव ने.क.पा.माओवादी केन्द्र तत्कालिन जिल्ला सदस्य तथा त्रिवेणी ने.क.पा.माओवादी केन्द्र का निबर्तमान पार्टी अध्यक्ष टोप बहादुर डाँगी, स्थानियहरुको तर्फबाट युवा ओम प्रकाश वली लगाएतले मनतब्य राख्नु भएको थियो ।

 

सबैले गाडी सधै नियमित हुनु पर्नेमा जोड् दिएका थिए । कार्यक्रमको सहजिकरण प्रा.बि. टुक्लाका प्रध्यानाध्यापक मन बहादुर खड्काले गर्नु भएको थियो । अव नियमित त्यस क्षेत्रमा गाडी संचालन हुने भए पछि  स्थानियहरु घन्टौ हिड्ेर गाडी भेट्न जानु पर्ने बाध्यता समेतको अन्त्य भएको स्थानीय बासिहरुले बताएको छन् । यसमा यातायात प्रालीका अध्यक्ष तेजबिक्रम रावट, स्थानिय समाज सेवी अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष दिलराम वली लगाएतको पनि महत्वपुर्ण भुमिका रहेको स्थानियले बताएको छन् ।

 

  

प्रतिक्रिया दिनुहोस्

Array