Ad image

गठबन्धन बर्तमान समय, परिस्थिति र आवश्यकता अनुसार भएको हो अमरसिंह पुन

मालश्री खबर
मालश्री खबर २३ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर,मालश्री खबर, कार्तिक २३ रोल्पा । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा लोकतान्त्रिक बाम गठबन्धन बाट रोल्पा क्षेत्र नं.१ प्रदेश सभा २ ख का प्रत्यक्ष उम्मेद्वार अमरसिंह पुनले अहिलेको समय र परिस्थितिको आवश्यकता र माग अनुसार गठबन्धन गरेको समेत बताउनु भएको छ । लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्न थबाङ पुग्नु भएको नेता पुनले सो कुरा बताउनु भएको हो । चुनावी सभा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुनले लामो संघर्षबाट संविधान निर्माण, संघीय लोकतन्त्र गणतन्त्र तथा कयौं परिवर्तन भएको समेत बताउनु भयो ।

जुन ठाउँमा आज आएर कार्यक्रममा बोल्दै गर्दा महान दसबर्षे जनयुद्ध यहीँबाट सुरु भएको स्मरण समेत नेता पुनले गर्नुभएको थियो । यहाँ बाट धेरै मानिसले जनयुद्धमा ज्यान गुमाएको र ती शहिद घाइते अपांग, बेपत्ता परियार लगायत सबैको बलिदान र संघर्षलाई सम्मान समेत व्यक्त गरेका थिए । साथै पुनले महान जनयुद्धमा भएका कयौं समस्याहरु, १२ बुँदे सम्झौता र बृहत शान्ति सम्झौताका मुद्दाहरुमा अहिले पनि देखिएका केहि समस्याहरुलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका समाधान संयुक्त चार दलीय गठबन्धनले गर्ने समेत बताए, पुनले रोल्पा बदल्न एउटा परिवर्तन भएको बताउदै, थबाङले धेरै दुख, संघर्ष, गरेको समेत बताउनु भएको थियो । रोल्पाको परिवर्तनका लागि थबाङ लगायत सिङ्गो रोल्पाले महत्वपुर्ण योगदान पुर्याएको समेत दाबी गर्नुभयो ।

- Advertisement -
Ad image

रोल्पाको समग्र विकासका लागि प्रदेश सभामा रोल्पा १ क बाट जोखबहादुर महरा, २ ख बाट आफु अमरसिंह पुन र प्रतिनिधि सभामा बषर्मान पुनलाई जिताउनुपर्ने समेत बताउनु भएको छ । अन्य प्रदेश सभाका समानुपातिक उम्मेद्वारहरु तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वारहरुलाई समेत मङ्सिर–४ को चुनावमा सबैको आ— आफ्नो चुनाव चिन्हमा मतदान गर्न समेत पुनले थबाङ गाउँपालिकाका सम्पूर्ण बासीलाई आग्रह समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array