Ad image

प्रतिगमनकारी केपि ओलिले देशलाई २०१७ साल तिर फर्काउन थाले पछि गठबन्ध भएको हो – जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर २३ कार्तिक २०७९, बुधबार
5 Min Read
Aa

भरत नेपाली /मालश्री खबर, कार्तिक २३ रोल्पा ।

प्रतिगमनकारी केपि ओलिले देशलाई २०१७ साल तिर फर्काउन थाले पछि त्यसको विरुद्ध नेपाली कांग्रेस माओवादी लगायत अन्य पाटिहरु बिच गठबन्धन गरि निर्वाचनमा आएको रोल्पा क्षेत्र न १ (क) का बाम लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदवार जोख बहादुर महराले बताउनु भएको छ । बाम लोकतान्त्रिक गठबन्धनको बुधबार रोल्पा नगरपालिका वडा न. ५ जेदवाङमा भएको चुनावी भेला कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै महराले सो कुरा बताउनु भएको हो ।

त्यस्तै महराले रोल्पा नगरपालिका –५ जेदवाङको मुख्य समस्या भनेको मोटर बाटो बिधुत, खानेपानी लगायतका समस्या भएको बताउदै निर्वाचन जिते पछि त्यता तिर विशेष ध्यान दिने बताउदै मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि सरकार बनेपछी यस्ता समस्या समाधानमा लाग्ने बताउनु भयो । त्यस्तै महराले देश , सबिधान, र ब्यबस्थाको रक्षा नहुदा सम्म यो गठबन्धन कायमै रहने बताउदै नेपाली काङ्ग्रेस र माओवादी दुबै पाटि क्रान्ति गरि आएका पाटि हुन हिजो २००७ सालको आन्दोलनको नेतृत्व कांग्रेस गरेको र जनयुद्ध जनआन्दोलनको नेतृत्व माओवादिले गरि अढाइसय वर्षको राजतन्त्र फालेको बताउनु भयो ।

- Advertisement -
Ad image

त्यस्तै महराले जतिबेला देशमा अप्ठ्यारो स्थिति आउछ त्यतिबेला काङ्ग्रेस र माओवादी लगायत देश भत्त पाटिहरु यक हुँदै आएको बताउनु भयो । सबिधानको रक्षा,स्थिर राजनिती अवस्था र समृद्धिको लागि गठबन्धन गरेको बताउदै मसिर ४ पछि सघ र प्रदेश को सरकार निर्माण गर्नको लागि तपाईहरु सामु भोट माग्न आएका छौ , त्यसैले तपाईहरुले ढुक्क साथ गठबन्धन लाई भोट हाल्नको लागि महराले अनुरोध गर्नु भयो। त्यस्तै महराले प्रतिगमन लाई प्रास्त नहुदा सम्म बाम लोकतान्त्रिक गठबन्धन कायमै हुने बताउदै देशमा भएको बिकास हामिले गरेको र चुनाव जितेमा समृद्ध समाज निर्माण गर्न र कृषि, पर्यटन जस्ता क्षेत्रको बिकास गरि रोजगारको सृजना गर्ने बताउनु भयो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिती रोल्पाका सह सचिब गन्जबहादुर क्षेत्री ले हामी गठबन्धनमा फरक फरक पाटिका छौ बिचार पनि फरक नै छ तर हाम्रो बोली एक छ । यो भनेको नै गठबन्धन हो भन्दै स्थानीय निर्वाचनमा हामिले रुख मा भोट् माग्न आयका थियौ तर अहिले गोलाकार भित्र को हसिया हथौड़ा मा भोट हाल्नु भन्न आएका छौ देशमा झन्डै दुई तिहाईको सरकार थियो तर त्यो सफल हुन सकेन जसोको परिणाम आज बाम गठबन्धन भएको बताउनु भयो । नेपाली काङ्ग्रेस, जनमोर्चा, समाजबादी र माओवादी सबैको उम्मेदवार भनेकै जोख बहादुर महरा नै भएको भन्दै सबै पाटिमा आबद्ध नेता कार्यकर्ता र जनताहरुले भोट हाली बिजय गराउन अनुरोध गर्नु भयो ।

भेलामा रोल्पा क्षेत्र न १ (क)निर्वाचन परिचालन समितिका सह सयोजक दुर्गा बहादुर खडकाले सभामा बोल्दै रोल्पा क्षेत्र न १ (क ) मा नेपाली कांग्रेस का साथिहरुले निर्वाचन तिर त्यति उत्साहित नभएको आफुले पायको बताउदै निर्वाचन आउन अब केही दिन मात्र बाकी रहेकाले नेपाली कांग्रेस सम्बध साथिहरु इमान्दारीताका साथ र उत्साहपुर्ण रुपा लाग्नु पर्ने बताउदै आजै देखि जनताको घर घर मा पुगि मतदाता शिक्षा चलाउनको लागि अनुरोध गर्नु भयो । यदि नेपाली कांग्रेस सम्बध साथिहरु निर्वाचनमा उत्साह पुर्ण रुपमा नलागेमा निर्वाचन क्षेत्र (ख) मा नेपाली कांग्रेस उम्मेदवार र समानुपातिक उम्मेदवारलाई असर पर्ने बताउनु भयो ।

त्यस्तै सभामा बोल्दै समानुपातिक उम्मेदवार मिना बुढा मगरले रोल्पामा ४ वटा पाटि गठबन्धनमा रहेको बताउदै हिजो पानी बारा बार गर्ने पाटिहरु एउटै मन्च मा देख्दा तपाईं हरु लाई अचम्म लागेको होला देशमा अप्ठ्यारो परेमा यी पाटि हरु मिल्ले बताउदै सबिधानको खतरामा परे पछि यसरी गठबन्धन गरेको बताउनु भयो । म आफू समानुपातिक उम्मेदवार भयकाले गोलाकार भित्रीको हसिया हथौड़ामा भोट दिन अनुरोध गर्दै प्रतिनिधि सभामा वर्षमान पुन रोल्पा क्षेत्र न १ क मा जोख बहादुर महरा र क्षेत्र न १ ख मा अमर सिह पुन लाई भोट दिई गठबन्धन लाई बिजय गराउनु हुनेमा आफू बिस्वास्थ भएको बताउनु भयो ।

नेकपा माओवादी केन्द्र रोल्पा नगरपालिका निर्वाचन परिचालन समितिका सयोजक फबिन्द्र आचार्यले हिजो माओवादी, कांग्रेस तथा अन्य पाटिहरु जेठाजु बुहारी जस्तो थियो तर अहिले हामी एउटै मन्चमा सगै छौ,हामिलाई बिस्वास छ यहाँको सम्पुर्ण भोट हसिया हथौड़ा जाने छ । यहाँ बाट सुर्य चिन्ह मा कुनै भोट नजाओस भन्ने आसामा गठबन्धन रहेको बताउनु भयो । जेदवाङको मुख्य समस्या भनेको मोटर बाटो , बिधुत, खानेपानी भएको बताउदै निर्वाचन जितेर गय पछि त्यता तिर ध्यान दिनको लागि अनुरोध गर्नु भयो ।

स्थानीय चुनावमा एउटा मतपत्रमा मात्र भोट हाल्नु भएको थियो तर अहिले चार वटा मतपत्रमा एक एक स्थानमा मात्र भोट हाल्नको लागि अनुरोध गर्दै बाम लोकतान्त्रिक गठबन्धका उम्मेदवारलाई अत्यधिक मतले बिजय गराउन अनुरोध गर्नु भयो । भेलामा समाजबादी का जिल्ला सदस्य तेजराज भन्डारि, रोल्पा नपा ५ नम्बर वडा अध्यक्ष टोप बहादुर नेपाली सुनिलस्मृती गापा–१ का वडा अध्यक्ष पबन कुमार कवर लगायत को सहभागीता रहेको थियो ।

      

प्रतिक्रिया दिनुहोस्

Array