Ad image

गणतन्त्रको रक्षा, सम्वद्र्धन, विकास र कार्यान्वयन गर्न गठबन्धन भएको हो – जयपुरी घर्ति

मालश्री खबर
मालश्री खबर २३ कार्तिक २०७९, बुधबार
3 Min Read
Aa

उमा बस्नेत मालश्री / खबर, कार्तिक २३ रोल्पा ।गणतन्त्रको रक्षा, सम्वद्र्धन, विकास र कार्यान्वयन गर्नको लागी गठबन्धन गर्नु परेको नेकपा माओबादी केन्द्रका स्थायी कमिती सदस्य तथा निर्बतमान संघिय सरकारका शिक्षा स्वास्थ्य समिती सभापती जयपुरी घर्तिमगरले बताउनु भएको छ । लोकतान्त्रिक वाम गठवन्धन रोल्पाको संयुक्त चुनावी सभालाई सम्वोधन गर्न परिबर्तन गाँउपालिकाको मंगलबार बागमारा पुग्नु भएको घर्तिले यस्तो कुरा बताउनु भएको हो ।

संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्न निकै संघर्ष गर्नुपरेको कुरा उल्लेख गर्नु भयो । दश वर्षिय जनआन्दोलन र २०६२÷६३ को उन्नाईस दिने जनआन्दोलनले राजतन्त्रको अन्त्य गरि विभिन्न पार्टि तथा दलमा आवद्ध भएर सवैले आ—आफ्नो ठाउवाट परिवर्तनको भुमिका खेलेको अवगत गराउनु भएको छ । विभिन्न काल खण्डमा राज्य सक्ताको कारणले नेपाली कांग्रस र नेकपा माओवादि केन्द्र दुस्मणीको रुपमा खडा भएपनि नेपालको संविधान वनाउने लगाएतका महत्वपुर्ण कार्यमा संगै हातेमालो गरेको वताउनु भयो । संविधानको कार्यान्वयन गर्दै जाने क्रममा मिलेरै देशलाई संघिय संरचनामा लगिएको कुरा अवगत गराउनु भयो । गाउँगाउँमा सिंहदरवार ल्याउन सफल भएकोमा घर्तिले खुशि समेत व्यक्त गर्नु भएको छ ।
देश विकासको लागी शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार लगाएत अन्य क्षेत्रको विकास गर्न जरुरी रहेको वताउनु भयो । ‘यो राष्ट्रलाई स्वतन्त्र वनाउन तर्फ लाग्नु पर्छ, कम्युनिष्टको सरकार होस या गठवन्धनको सरकार राष्ट्रघाती कदमहरु उठ्दा त्यसको विरुद्धमा निर्वाचित भएर आएपछि आवाज उठाउनु पर्ने छ’ घर्तिले थप्नु भयो । जताको आवाज वोल्न र जनताको जीवन स्तर फेर्नको लागी आगमि मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभाको चुनावले महत्वपुर्ण योगदान गर्ने कुरामा आफु विश्वस्त रहेको वताउनु भयोे ।

शान्ति प्रक्रियामा आईसकेपछि रोल्पा जिल्लाको विकासमा आफु लागी परिरहेको वताउनु भयो । घोराहि देखि थवाङ सम्मको सहिद मार्ग र थवाङ हुदै सुलिचौर, लिवाङ सम्म जोड्ने रिङ रोडको वनाउन खाका कोरिएको जानकारी दिनु भयो । उक्त कार्य अहिले पनि कार्यान्वयनको प्रकृयामा अगाडि वढिरहेको छ । साथै सम्पुर्ण गाउँपालिका सम्म पुग्ने सडक निर्माण भईसकोको र अव त्यसलाई विस्तारै स्तर नन्नति गरी कालो पत्रे गराउने तर्फ अग्रसर हुन आगमि दिनमा निर्वाचित हुने प्रतिनीधीलाई आग्रह गर्नु भयो ।
ठेकेदारको कारणले सहिद मार्गको वाटो हिड्डा भोग्नु परेका समस्यालाई समाधन गर्नको लागी घर्तिले भौतिक मन्त्रालय, अर्थमन्त्रालय र योजना आयोग वाट रु २ अर्व ६० करोड वजेट छुट्याएको कुरा स्पष्ट पार्नु भयो । उक्त कार्य टेन्डर प्रक्रियामा जाने प्रकृया भईरहेको आगामी दिनहरुमा जनताले थप सास्ती भोग्नु नपर्नेमा ढुक्क हुन आग्रह गर्नु भयो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array