Ad image

देशको परिवर्तनका लागि रोल्पा रुकुमले ठूलो भूमिका खेलेको पुनको उद्घोष

मालश्री खबर
मालश्री खबर २२ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर,मालश्री खबर, कार्तिक २२ रोल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं लोकतान्त्रिक बाम गठबन्धन बाट रोल्पा क्षेत्र नं.१(ख) का प्रदेश सभा सदस्य प्रत्यक्ष उम्मेद्वार अमरसिंह पुनले संयुक्त चुनावी सभालाई परिवर्तन गाउँपालिका-३ बागमारामा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै,पुनले देशको परिवर्तनको लागि रोल्पा रुकुमले ठूलो भूमिका खेलेको बताए।उहाँले परिवर्तन कसैको लागि नभएर देशको परिवर्तनको लागि भएको समेत बताउनु भएको हो।

रोल्पा रुकुमले परिवर्तनको लागि संघर्ष,योगदान,त्याग तपस्या गरेको समेत उल्लेख गर्नुभयो।हिजो माओवादी र कांग्रेस वर्ग दुश्मन जस्तो ब्यावहार थियो आज त्यो संस्कार बाट माथी उठेर देशमा स्थायित्वको अमन चयन गराएको समेत बताए । देशको परिवर्तनका २०५२ साल देखि महान जनयुद्ध सुरु भएको र २०६२/०६३ सालमा कांग्रेसको नेतृत्वमा शान्ति सम्झौता भएर देशमा शान्तिपूर्ण वातावरण बनेको समेत बताए।साथै माओवादीले कांग्रेसलाई भोट हाली सकेको र कांग्रेसले पनि माओवादीलाई भोट हाली सकेको समेत बताए।

 

- Advertisement -
Ad image

पुनले भने-संविधान बनाउन सफल भयौं,शान्ति सुरक्षा कायम गरियौं,चुनाव बनाउन सफल भएको समेत बताए।यो देशको समृद्धि,शिक्षाको पछी छ रोल्पा,बाटो घाटोमा अझै सोचेको जस्तो विकास भएको छैन।हिजोका दिनमा भएका मुद्दाहरु नेपाली कांग्रेस र माओवादीको सहकार्यमा अगाडि बढेको समेत जिकिर गर्नु भएको थिए।पुनले भन्नुभयो- देशमा रोजगारको अवसर नभएर युरोप तथा खाडी मुलुकमा जानुपर्ने बाध्यता रहेको र देशमै बसौं बसौं भन्ने खालको वातावरण बनाउनु पर्ने अवस्था आएको समेत बताए।

रोल्पाको विकास र समृद्धिका लागि प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय उप-महासचिव बर्षमान पुन मगर(अन्नत) र प्रदेश सभामा रोल्पा क्षेत्र नं.१(ख) बाट अमरसिंह पुनलाई मतदान गरि बिजय गराउन समेत आग्रह गर्दै प्रतिनिधि सभाका समानुपातिक तथा प्रदेश सभाका समानुपातिक उम्मेद्वारहरुलाई बिजय गराउन समेत आग्रह गर्नु भएको छ।पछाडि परेका रोल्पा समस्याहरुलाई एक ठाउँमा उभिएर उठाउने समेत बताए।परिवर्तन गाउँपालिकाका बासीलाई मङ्सिर-४ मा आफ्नो अमुल्य भोट दिएर जिताउन समेत आग्रह गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array