Ad image

जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी कुठाराघात गर्ने विरुद्ध बाम लोकतान्त्रिक गठबन्धन भयको छ – जोखबहादुर महरा

मालश्री खबर
मालश्री खबर २२ कार्तिक २०७९, मंगलवार
4 Min Read
Aa

 

 

भरत नेपाली

मालश्री खबर, कार्तिक २२ रोल्पा ।

- Advertisement -
Ad image

रोल्पा क्षेत्र न १ (क) का बाम लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदवार जोख बहादुर महराले जनयुद्ध र जनआन्दोलन बाट प्राप्त उपलब्धी माथी कुठाराघात गर्ने विरुद्ध बाम लोकतान्त्रिक गठबन्धन गरेको बताउनु भयको छ । आज सुनछहरी गापा -१ सेरमको रौने धुरी युवा समुहको ४ औं वार्षिकोत्सव समारोह तथा परम्परागत कार्तिके मेला कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै महराले सो कुरा बताउनु भएको हो । त्यस्तै महराले परम्परा गत रुमा चलाउदै आएको यो कार्तिके मेलामा सम्बन्ध बिस्तार र भेटघाट हुनुका साथै युवा समूह र यहाँका स्थानीयले कला सस्कृतिको जगेर्ना गरेकोमा धन्यवाद दिदै मेला र युवा समूह को वार्षिकोत्सको अबसरमा शुभकामना कामना व्यक्त गर्नु भएको थियो ।

महराले यहि मसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन गइरहेको बताउदै देश , सबिधान, र ब्यबस्थाको रक्षा नहुदा सम्म यो गठबन्धन कायमै रहने बताउनु भयो । नेपाली काङ्ग्रेस र माओवादी दुबै पाटि क्रान्ति गरि आएका पाटि हुनु हिजो २००७ सालको आन्दोलनको नेतृत्व काङ्ग्रेसले गरेको थियो भने जनयुद्ध जनआन्दोलन बाल राजतन्त्र फाल्ने नेतृत्व माओवादी ले गरेको थियो । त्यस्तै महराले जतिबेला देशमा अप्ठ्यारो स्थिति आउछ त्यतिबेला काङ्ग्रेस र माओवादी लगायत देश भत्त पाटिहरु यक हुँदै आएको बताउनु भयो । मसिर ४ पछि सघ र प्रदेश को सरकार निर्माण गर्नको लागि तपाईहरु सामु भोट माग्न आएका छौ , त्यसैले तपाईहरुले कुनै हिज किचाओडका साथ भोट हाल्नको लागि महराले अनुरोध गर्नु भयो।

त्यस्तै महराले प्रतिगमन लाई प्रास्त नहुदा सम्म बाम लोकतान्त्रिक गठबन्धन कायमै हुने बताउदै देशमा भएको बिकास हामिले गरेको र चुनाव जितेमा समृद्ध समाज निर्माण गर्न र कृषि, पर्यटन जस्ता क्षेत्रको बिकास गरि रोजगारको सृजना गर्ने बताउनु भयो । कार्यक्रम मा क्षेत्र न १ (क) निर्वाचन परिचालन समितिका सयोजक आस बहादुर पुनले स्थानीय जनताले परम्परा गत देखि लगाउदै आएको कार्तिके मेला ले हामी सबैको भेटघाट तथा सम्बन्ध हुन पायो । संविधान भत्काउने र बनाउने हरुको लडाइँ मसिर ४ गतेको दिन हो त्यस कारण काङ्ग्रेस र माओवादी बिच पाटि एकता भएको होइन तपाई हामीले भोट हालेर ठुलो मान्छे बनाइ पठाएका के.पि ओलिले ससदमा पठायौ त्यो उनलाइ पच्य नभएकोले दुई दुई पटक ससद विघटन गरे त्यसको विरुद्धमा गठबन्धन गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सह सचीव गन्ज क्षेत्रीले अल्प बिकसित हाम्रो देश बिकास गर्न को लागि देशका सबै तह र तप्का लाग्नु पर्ने बताउदै । रौने धुरी युवा समुह र यहाँको समुदायले आफ्नो कला र सस्कृती भुली बाह्य सस्कृतिको अनुसरण गर्ने नेपाली समाजलाइ चुनौती दिदै आफ्नो कला सस्कृती को जगेर्ना गर्नमा लागेकोमा आयोजक तथा स्थानीय सम्पुर्ण लाई धन्यवाद दिनुका साथै बिबिध कला सस्कृतीको प्रसम्सा गर्नु भयो ।

देशमा सबिधानको रक्षा, दिगो शान्ती, राजनीति स्थिरताको लागि यसरी गठबन्धन गरि आएको बताउदै सबिधानको रक्षा, दिगो शान्ती र बिकासको लागि काङ्ग्रेस र माओवादी नभनी नहिज किजाइ बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार जोख बहादुर महरालाई गोलाकार भित्रको हसिया हथौड़ामा ढुक्क साथ भोट हाली बिजय गराउन अनुरोध गर्नु भयो । त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा उपराष्टपतिका स्वकीय सचिब शुक बहादुर रोका रोल्पा प्रदेश सभा समानुपातिक उम्मेदवार मिना बुढामगर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array