Ad image

लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त चुनावी सभा परिवर्तन गाउँपालिकामा सम्पन्न

मालश्री खबर
मालश्री खबर २२ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर,मालश्री खबर, कार्तिक २२ रोल्पा । लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त चुनावी सभा कार्यक्रम परिवर्तन गाउँपालिका–३ बागमारामा मंगलबार सम्पन्न भएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य तथा लोकतान्त्रिक बाम गठबन्धन रोल्पा क्षेत्र नं.१(ख)का निर्वाचन परिवर्तन समितिका संयोजक टेकबहादुर बस्नेतको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सरकारका निवर्तमान शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्ती मगर रहनु भएको थियो भने विशिष्ट अतिथीमा लुम्बिनी प्रदेशका नेपाली कांग्रेस सभापति तथा लोकतान्त्रिक बाम गठबन्धन बाट रोल्पा क्षेत्र नं.१(ख) का प्रत्यक्ष उम्मेद्वार अमरसिंह पुन मगर रहनु भएको थियो ।

लोकतान्त्रिक बाम गठबन्धन परिवर्तन गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक खडक घर्तीमगरको स्वागत मन्तव्य राख्नेमा नेपाली कांग्रेस १३ औं महाधिवेशन प्रतिनिधि झक्कु प्रसाद घर्ती,राष्ट्रिय जनमोर्चा रोल्पाका सचिव डम्बर खड्का,सबै समानुपातिक उम्मेद्वारको तर्फबाट प्रतिनिधि सभाका नेकपा एकीकृत समाजवादीका समानुपातिकउम्मेद्वार पवित्रा घर्ती,नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्य र लुम्बिनी प्रदेशका नेकपा एकीकृत समाजवादीका उपसचिव हरिप्रसाद घर्ती लगायतले राखेका थिए ।

 

- Advertisement -
Ad image

सबै बोल्ने अतिथिहरुले यो देशको विकास,निकास,समृद्धिका लागि एउटै मञ्चमा उभिएको समेत बताएका थिए ।मङ्सिर–४ मा सबैले लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउनु आवश्यकता र समयको माग रहेको समेत बताएका थिए।चुनावी सभा कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र रोल्पा क्षेत्र नं.१(ख)का इन्चार्ज तथा लोकतान्त्रिक बाम गठबन्धनका निर्वाचन परिचालन समिति रोल्पा क्षेत्र नं.१(ख) का उप–संयोजक निमकान्त डाँगीले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

Array