
पुनले पसल व्यवसायी,होटल सञ्चालक,त्यहाँका नागरिकहरुसँग बिहानको समयमा भोट माग्नु भएको हो।साथै मङ्सिर-४ को निर्वाचनमा प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहा-सचीव बर्षमान पुनमगरलाई हँसियाहथौडामा र आफूलाई प्रदेश सभामा रुखमा मतदान गर्न समेत अपिल गर्नु भएको थियो।

घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेद्वार अमरसिंह पुन,बर्षमान पुनको तर्फबाट नेकपा माओवादी केन्द्र रोल्पा इन्चार्ज राज बहादुर बुढले भोट माग्नु भएको थियो।समानुपातिक तर्फका नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका उपाध्यक्ष हरिप्रसाद घर्ती र राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव डम्बर बहादुर खड्का लगायत प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेद्वार तथा प्रदेश सभा सदस्य समानुपातिक उम्मेद्वारले समेत भोट मागेका हुन।

पुनले परिवर्तन गाउँपालिका-३ बागमारामा रहेको बसपार्क र ब्याट्मिन्ट कबर्ड हलको समेत निरीक्षण गर्नु भएको छ।
प्रतिक्रिया दिनुहोस्