Ad image

युवा समूह तथा युवा क्लब स्वतन्त्र हुनु पर्ने – पुनको भनाई

मालश्री खबर
मालश्री खबर २१ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, मालश्री खबर, कार्तिक २१ रोल्पा ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश सभा सदस्य रोल्पा क्षेत्र नं.१(ख)का उम्मेद्वार अमरसिंह पुनले नव प्रगतिशील युवा समूह परिवर्तन गाउँपालिका-४ पाछाबाङ रोल्पाको दोस्रो वार्षिक उत्सवको ब्यानर तथा दिप प्रज्ज्वलन गर्दै, कार्यक्रम प्रमुख अतिथि समेत रहेका पुनले युवा समूह तथा युवा क्लब कुनै पनि राजनीतिक दलको नभई स्वतन्त्र हुनु पर्ने बताउनु भएको छ ।

साथै कार्यक्रममा समाजका सबै व्यक्तिहरु मिलेर खेलकुद र संस्कृतिको संरक्षण गर्नु पर्ने सो कुरा पुनले बताउनु भएको हो।रोल्पाको विकासका लागि लोकतान्त्रिक बाम शक्तिहरु एक ठाउँमा होमिएको जिकिर गर्दै, रोल्पा शिक्षा,स्वास्थ,पूर्वाधार,उद्यम,कृषि, वातावरण,प्रविधि,उर्जा तथा संस्कृति लगायतमा आफूहरुले विकास गर्ने समेत बताए।

साथै हिजोको दिनमा यो कालापोखरा भन्ने ठाउँमा परम्परागत मेला लाग्दै गरेकोमा अहिले आएर विविध प्रतियोगिता आयोजना गरेर खेलाडीलाई प्रद्धिस्पर्धा गराउनु यहाँका खेलाडीहरुको कलामा विकास हुने समेत बताए।

- Advertisement -
Ad image

पुनले भने हिजो यहाँ एक अर्कामा वर्ग दुश्मनको व्यावहार गर्दै आएकोमा आज देशको रक्षा, संविधानको रक्षा,राजनीति स्थायीत्व तथा नेपाली जनताका हक अधिकारका लागि विचारधारा मिल्ने शक्तिहरु एउटै मञ्चमा उभिएको बताए।पुनले भन्नुभयो”हामी लोकतान्त्रिक बाम गठबन्धन बाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर-४ मा निर्वाचनमा होमिदै छौं”प्रतिनिधि सदस्यको प्रत्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहा-सचिव बर्षमान पुनमगर(अन्नत) लाई गोलाकार भित्रको हँसियाहथौडा र प्रदेश सभा सदस्यको प्रत्यक्षमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा रोल्पा क्षेत्र नं.१(ख)को गोलाकार भित्रको रुखमा आफ्नो अमुल्य मत जिएर जिताउन र समानुपातिकको प्रतिनिधि तथा प्रदेश सभामा आफ्नो चिन्हमा मतदान गरि जिताउन समेत आग्रह गर्नु भएको छ। वार्षिक उत्सवमा उपस्थित भएका सबैलाई मङ्सिर-४ गतेका दिन आ-आफ्नो अमुल्य मत दिन समेत पुनले आग्रह गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्