Ad image

नियमित रुपमा हुने प्रधानाध्यापकहरुको बैठक आईतबार रुन्टीगढीमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

 

 

 

मालश्री खबर, कार्तिक २१ रोल्पा ।

- Advertisement -
Ad image

कमल खड्का

नियमित रुपमा हुने प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकामा सोही गाउँपालिका भरिका विभिन्न बिद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियोे । बैठक सुर्योदय मा बि मसिना का प्र.अ धर्म बहादुर घर्ती्को अधयक्षता एवं रुन्टीगढी गाउँ पालिकाका अध्यक्ष जनक पुनको रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत रेमन्तबहादुर डाँगीको समेत आतिथ्यतामा बैठक बसेको थियो । प्रध्यानध्यापकहरुको बैठकले विभिन्न निर्णयहरु समेत पेस गरेको छ । बैठकमा बिषय बिज्ञ दामोदर शर्मा, रुन्टीगढी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अन्जु शर्मा, शिक्षा शाखाका प्रास घनबहादुर डाँगी सहित करिब ५५ जना प्र.अहरुको सहभागीता रहेको थियोे ।

शैक्षिक सुधार र स्थानीय पाठ्यक्रम निर्माणका लागि बिषय बिज्ञ दामोदर सर्माले प्रशिक्षण समेत दिनु भएको थिए । बैठक गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array