Ad image

बागी उम्मेदवारी दिएका पुनलाई पार्टीको कुनै समर्थन नरहेको भन्दै माओवादी केन्द्र रोल्पाको बिज्ञप्ती सार्बजनिक

मालश्री खबर
मालश्री खबर २० कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक २० रोल्पा ।

नेकपा (माओवादी केन्द्र) रोल्पाले बागी उम्मेदवारी दिएका दिपेन्द्रकुमार पुन ‘सिजल’ लाई कुनै समर्थन नरहेको प्रष्ट पारेको छ । कार्तिक २० गते नेकपा माओबादी केन्द्र रोल्पाका जिल्ला समन्वय समिती सयोजक गुणेन्द्र घर्तिमगर सचिव पुर्ण केसिले सयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्ती मार्फत यस्तो कुरा सार्वजनिक गरिएको छ ।

कार्तिक १७ गते सिजलले विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी ‘व्यक्तिगत निर्णय नभएर पार्टी नेतृत्व वर्ग र आम पार्टीपंक्तिको सहमतिका आधारमा स्वतन्त्र उम्मेदवारी दिएको उल्लेख गरेपछि नेकपा माओवादी केन्द्रले त्यसको बिज्ञप्ती मार्फत नेकपा माओबादी केन्द्र रोल्पाले खण्डन गरेको हो ।

- Advertisement -
Ad image

सिजलले नेकपा माओबादी केन्द्रको सबै जिम्मेवारीबाट राजीनामा दिएर प्रदेश सभा (ख) मा गठबन्धनका आधिकारिक उम्मेदवार अमरसिंह पुनका विरुद्ध बागी उम्मेदवारी दिनुभएको छ । केही दिन मात्रै सिजलले विज्ञप्ति जारी गर्दै उम्मेदवारी आफ्नो व्यक्तिगत निर्णय नभएर पार्टी नेतृत्व वर्ग र आम पार्टीपंक्तिको सहमतिको आधारमा दर्ता भएको दाबी गर्नुभएको थियो ।

सिजलको दाबी खण्डन गर्दै नेकपा माओवादी केन्द्रका रोल्पा संयोजक गुणेन्द्र घर्तीमगर र सचिव पूर्ण केसीले बिज्ञप्ती मार्फत भन्नुभएको छ हाम्रो पार्टीले संविधानको रक्षा, राजनैतिक स्थिरता र देशको समृद्धीका लागि गठबन्धनको नीति अख्तियार गरेको कुरा सर्वविदितै छ ।

पार्टीको यो नीतिलाई अबलम्बन गर्दै गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गरि विजयी गराउनु हाम्रो कर्तब्य हो । यसर्थ पार्टीको नीति ÷ विधि भन्दा बाहिरका सबै गतिविधि नगर्न नगराउन पार्टी पंक्ति, कार्यकर्ता लगायत सबैमा आग्रह गर्दछौं, बिज्ञप्तीमा भनिएको छ ।

नेकपा माओवादी केन्द्र रोल्पाले सिजललाई स्वतन्त्र उम्मेदवारीलाई निस्क्रय बनाई पार्टीको नीतिलाई अबलम्बन गर्न समेत आइतबार सार्बजनिक गरिएको बिज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array