Ad image

पत्रकार राज्यको प्रतिपक्ष नभई सबै देखाउने आँखा भएको मुख्य निर्वाचन अधिकृत भुसालको भनाई

मालश्री खबर
मालश्री खबर २० कार्तिक २०७९, आईतवार
4 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, कार्तिक २० रोल्पा ।
पत्रकार राज्यको प्रतिपक्ष नभएर राज्यको सबै देखाउने आँखा भएको रोल्पा जिल्लाका मुख्य निर्वाचन अधिकृत एंव जिल्ला न्याधिस खिमान्नद भुसालले बताउनु भएको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय रोल्पाको आयोजनामा निर्वाचनमा सञ्चार माध्यमको भूमिका बिषयक जिल्लाका पत्रकारहरु सँगको अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनु भएको भुसालले यस्तो कुरा बताउनु भएको हो ।

 

कुनै एक व्यतिले बोल्दा सिमित रहने तर एक पत्रकारले बोल्दा क्षण भरमै विश्वको माझ्मा पुग्ने भएको हुनाले यो समाज बदल्नको लागी पत्रकारमो भुमिका अत्यन्तै महत्वपुर्ण हुने समेत बताउनु भएको छ । जहिले पनि नकारात्क बाट होइन सकारात्मक बाट जुनसुकै कुरा पनि शुरु गर्न सकियो भने त्यसले राम्रो शन्देश दिने बताउनु भयो । यो निर्वाचन सफल बनाउनको लागी पनि पत्रकारहरुको महत्वपुर्ण भुमिका हुने बताँउदै मुख्य निर्वाचन अधिकृत भुसालले निष्पक्ष रुपमा आम नागरिक सम्म सुचना प्रबाह गर्न समत सुझाब दिनु भएको छ । पत्रकार खाली पत्रकार मात्रै होईन,सुचना सञ्चारको इन्जिनीयर, सामाजीक अभियान्ता र बिस्लेशक समेत भएको बताउनु भयो । निर्वाचनको समयावधी भरमा पत्रकारहरुलाई समाचार संकलन र रिपोर्टिङ गर्नको लागी आफुल सहज वातावरण बनाउने समेत बताउनु भएको छ ।

- Advertisement -
Ad image

त्यस्तै सोहि कार्यक्रमका बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले निर्वाचनलाई शान्ति पुर्ण तरिकाले निष्पक्ष रुपमा भयरहित वातावरणमा सम्पन्न गर्नको लागी सुरक्षालाई उच्च सर्तक बनाएर राखेको बताउनु भएको छ । निर्वाचनलाई सफल बनाउनको लागी संचारकर्मिहरुको पनि महत्व पुर्ण भुमिका हुने भन्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले संचारकर्मिहरु लाई सहयोगको लागी आग्रह गर्नु भएको छ । सञ्चारकर्मिहरुले सत्यमा रहेर वास्तबिक कुरा बाहिर ल्याउन सकेमा मात्र पनि ठुलो सहयोग पुग्ने भएको हुनाले सबै पत्रकारहरुलाई सत्यमा टेकेर समाचार लेख्न सुझाब दिनु भएको छ ।

बिगतको निर्वाचनमा कर्मचारी व्यवस्थापनमा सामान्य समस्या आएको कुरा बताउदै, यस पटक भने कुनै समस्या नआउने कुरा बताउनु भएको छ । कर्मचारी व्यस्थापनको सबै जिम्मा प्रमुख जिल्ला अधिकारी सँग भए पनि अघिल्लो स्थानीय निर्वाचनमा अरुकै कारणले केहि सामान्य समस्या आएको कुरा समेत बताउनु भयो । यस पटक भने आफुलाई आएको निर्देशन अनुसारनै संघ, प्रदेश, स्थानिय तहका कर्मचारी र स्थायी शिक्षकहरु परिचालन हुने बताउनु भयो । यहि स्थायी कर्मचारीहरु अपुग भएमा करारका कर्मचारीलाई पनि खताउने प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनु भयो । यस पटको निर्वाचनमा बिगतको भन्दा मंसिर ४ गते निर्वाचनको दिनुमा सवारी साधन संचालनमा कडाई गरिने बताउनु भएको छ । बिगतको समयमा बेलुकि ५ बजे नै सवारी साधन संचालनमा खुल्ला गर्दा केहि समस्या आएको हुनाले आफु त्यसो गर्ने पक्षमा नभएको बताँदै सापकोटाले जिल्ला बाहिरीने सवारी साधनलाई ३ गते देखिनै बन्द हुने बताउनु भएको छ ।

अखिमुखिकरण कार्यक्रममा जिल्ला निर्वाचन अनुगमन अधिकृत एंव प्रमुख कोष नियन्त्रक रमेश अधिकारी नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगरले र जिल्ला निर्वाचन अधिकारी पदम बहादुर डाँगीले पत्रकारले पालना गर्नु पर्ने निर्वाचन आचारसंहिताको बारेमा जानकारी गराउनु भएको थियो ।

जिल्ला निर्वाचन अधिकारी पदम बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमा संचालन जिल्ला निर्वाचन कार्यालय रोल्पाका नायव सुब्बा मतदाता शिक्षा समन्वय कर्ता इन्द्रिरा अधिकारीले गर्नु भएको थियो । भने अभिमुखिकरण कार्यक्रममा स्वागत मनतव्य जिल्ला निर्वाचन कार्यालय रोल्पाका कम्प्युटर अप्रेटर तथा सुचना अधिकारी लभलाईत वलीले राख्नु भएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array