Ad image

सवारी धनिहरुले समयमै बिमा र कागजातहरु नबिकरण गर्नु पर्छ -अध्यक्ष तेज बिक्रम रावट

मालश्री खबर
मालश्री खबर २० कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, कार्तिक १९ रोल्पा ।
सवारी धनिहरुले समयमै बिमा र आफ्ना कागजातहरु नबिकरण गर्नु पर्ने र सुरक्षित राख्नु पर्ने जलजला यातायात प्रा.लि. रोल्पा रोल्पाका अध्यक्ष तेजबिक्रम रावटले बताउनु भएको छ । रोल्पा रोल्पा जलजला यातायात प्रा.लि. रोल्पाको शनिबार सदरमुकाम लिबाङमा बसेको बैठक यस्तो कुरा बताउनु भएको हो ।

सवारी धनिहरुले खाली पैसाको लोभ गरेर सडगमा गाडी गुडाए मात्र हुन्छ भन्ने मानसित्ता हताउनु पर्ने सबै गाडी धनिहरुलाई उँहाले सुझाब दिनु भएको छ । यातायात व्यावसायमा जाडिएरमा सबै कुरा नपुग्ने भएको हुनाले स्वयम सवारी धनिले आफ्नो गाडीको अनिबार्य बिमा गर्नु पर्ने, समयमा बिलबुक र लाईसेन्स समयमा नबिकरण गर्न समेत सल्लाह दिनु भएको छ ।

आफूहरुले बारम्बार गाडिको बिमा गर्न, बिलबुक र लाईसेन्स समयमा नबिकरण गर्न दिएको सुझाब नमान्दा पनि सवारी धनिहरुले दुर्घटना पछि ठुलो आर्थिक भारमा पर्नु सँगै ड्राइभर आजिबन जेलजिबन बिताउनु पर्ने बाध्यता रहेको समेत अध्यक्ष रावटले बताउनु भएको छ । समयमा गाडीको बिमा भएन, लाईसेन्स र बिलबुकको नबिकरण भएन भने दुघर्टना पछि यातायात व्यावसायीले केहि गर्न नसक्ने समेत बताउनुु भएको थियो । हतारमा काम गरेर फुर्सदमा पछुटाउनु भन्दा समयमै कानुनको राम्रो सँग पालना गर्न समेत आग्रह गर्नु भएको छ ।

- Advertisement -
Ad image

गाडीमा जहिले पनि गाडीको क्षेमता अनुसार नै यात्रु राख्नु पर्ने बताउनु बताउनु भएको छ । क्षेमता भन्दा पनि यात्रु राख्दा ओभर लोडको कारणले पनि समय समयमा ठुला – ठुला दुर्घटना भएको उदाहरण समेत दिदै अध्यक्ष रावटले सवारी साधनको समय – समयमा गाडीको अवस्था चेक गराउन समेत सुझाब दिनु भएको छ । बैठकमा यातायातका सल्लाहकार पुष्पा श्रेष्ठ, प्रा.लि.का प्रेस सल्लाहकार लोकन्द्र चन्द, बरिष्ठ उपाध्यक्ष शंकर बिष्ट लगाएत यातायात व्यावसायी प्रा.लीका कार्यसमिती पदाधिकारी सदस्य र गाडी धनिहरुको समेत सहभागिता रहेको थियो । बैठकको सहजिकरण प्रा.लि. का महासचिव बरमान बुढामगरले गनुृ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array