Ad image

ओम शान्ति ब्रह्माकुमारी इस्वरीय बिश्व बिद्यालयको १२ औ बार्षिकोत्सव तथा एंव स्नेह मिलन कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर १९ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक १९ रोल्पा । दृष्टि परिवर्तन गर्यौ भने सृष्टि स्वत् परिवर्तन हुन्छ, भन्ने मुल नाराका साथ ओम शान्ति ब्राह्माकुमारी इस्वरीय विश्व बिद्यालय राजयोग प्रशिक्षण केन्द्र जिल्ला शाखा रोल्पाको १२ औं बार्षिकोत्सव एंव स्नेह मिलन कार्यक्रम रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।


प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाको प्रमुख आथित्यता तथा ब्राह्माकुमारी इस्वरीय विश्व बिद्यालय राजयोग प्रशिक्षण केन्द्रकी गिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख अरबिन्द्रमणी त्रिपाठी, रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, ब्रह्मकुमार शिवलाल महतरा, ब्रह्माकुमारी इस्वरीय विश्व बिद्यालयकी क्षेत्रीय उपाध्यक्ष इन्दिरा पन्त, नेपाल पत्रकार महासंघ रोल्पाकी उपाध्यक्ष खुबिना सुनारी मगर, अधिवक्ता जित बिक्रम मल्ल, लगाएत जिल्लामा आबद्ध बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।


ब्रह्माकुमारी इस्वरीय बिश्व बिद्यालय रुकुम पश्चिमकी यमुना गिरी , पत्रकार महासङघ रोल्पाका उपाध्यक्ष खुबिना सुनारीमगर ब्रह्कुमार शिवलाल महतरा, कृषि ज्ञान् केन्द्र रोल्पाका प्रमुख अरबिन्द्रमणी त्रिपाठी लगाएतले शुभकामना मनतब्य दिनुभएको थियो । कार्यक्रममा बोल्दै ब्रह्मकुमार शिवलाल महतराले ब्रह्माकुमारी इस्वरीय बिश्व बिद्यालय ६७ सालमा पहिला रोल्पा जिल्लामा स्थापना भएको जानकारी दिइएको छ ।

- Advertisement -
Ad image

ब्रह्माकुमारी इन्दिरा पन्तबाट स्थानापना भइ शुरु भएको र नेपालमा २०२३ सालमा विश्व बिद्यालय भित्राएको बताउनुभयो साथै रोल्पामा २०६७ कार्तिक ९ मा सानो कोठाबाट ब्रह्माकुमारी इस्वरी बिश्व बिद्यालय स्थापना गरिएको समेत बताइएको थियो । प्रशिक्षण केन्द्रमा सबैभन्दा धेरै कक्षामा उपस्थित भै प्रथम स्थान हासिल गर्ने पुष्पा सिङ र खड्क प्रसाद मल्ल त्यस्तै दोश्रो स्थान हासिल ग्र्ने हरिबहादुर मल्ल होमा देबी आचार्य र तेस्रो हुने उमा आचर्य, मिना आचर्य, यज्ञ बहादुर मल्ल लाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका प्रमुख जिल्ला अधिकारी सापकोटाले बिगतमा रोल्पा जस्तो भौगोलिक हिसाबले बा्रमाकुमारीका दिदिहरुले गरेको कामको बारेका प्रसंशा गर्नुभएको थियो । उहाँले १४४ वटा राष्ट्रमा विश्व शान्तिको प्रतिक मानिने ब्रह्माकुमारी इस्वरी बिश्व बिद्यालयलाइ जुन बेला देशमा द्वन्द्व चलिरहेको थियो ।
त्यो परिबेशबाट लिएर यो अहिलेको रुपान्तरित समाजमा ल्याइ रोल्पामा स्थापित गराएकोमा धन्यबाद समेत दिनुभएको थियो । ब्रह्माकुमारी इस्वरी बिश्व बिद्यालय राजयोग प्रशिक्षण केन्दकी राजु गीरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको स्वागत मनतव्य जिल्ला शाखा रोल्पाकी प्रमुख अमृता बोहोराले दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array