Ad image

अबरुद्ध सडक सुचारु नहुँदा गंगादेब गाउँपालिकाका स्थानियहरु समस्यामा

मालश्री खबर
मालश्री खबर १९ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

किरणबाबु वलि / मालश्री खबर, कार्तिक १९ रोल्पा । महिनौ दिन बितिसक्दा समेत भारि बर्षा संगै आएको बाढि र पहिरोका कारण अबरुद्ध सडक अझैसम्म सुचारु नहुदा रोल्पाको गंगादेब गाउँपालिकाका स्थानियहरुहरु मर्कामा परेका छन । अबरुद्ध सडक सुचारु नहुदा बिरामि गर्भवति तथा सत्केरी महिला असक्त बृद्धा बृद्धा बढि समस्यामा परेका छन ।

गंगादेब गाउँपालिकाले ७ वटै वडाहरुमा समिति बनाएर सडकहरु मर्मत गर्ने जिम्मा समितिलाई दिइएको थियो । जसअनुसार वडा नं. ६ को समितिमा नेपाली काँग्रेसका गंगादेब गाउँपालिका वडा नं. ६ का पार्टी सभापति पहल बहादुर वलिको अध्यक्षसहितको समिति बनाएर अबरुद्ध सडक मर्मत गर्ने जिम्मा दिएको थियो ।

६ नम्बर वडामा पनि बर्षाका कारण अबरुद्ध भएका सडकहरु हालसम्म पनि मर्मत हुन नसक्दा स्थानियहरु आक्रोशित बनेका छन । उक्त वडामा आफुलाई पाएक पर्ने सडकहरु मर्मत गरेको र अन्य ठाउँको सडकहरु भने मर्मत गर्न कुनै चासो नदेखाएको स्थानिय बासिन्दाहरुले वडा नं. ६ को सडक मर्मत गर्ने जिम्मा पाएको समितिलाई अरोपसमेत लगाएका छन ।

स्थानियले सडक मर्मतका लागि सम्बन्धित वडा कार्यालय, गाउँपालिका र प्रत्येक वडाका समितिहरुलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानियहरुको गुनासो गरेका छन ।
स्थानियका अनुसार पैदलयात्राका लागि बैकल्पीक बाटोसमेत नहँुदा घन्टौ लागाएर घुमाउरो बाटो प्रयोग गरेर खाद्यान्न लगाएतका सामानहरु ढुवानी गर्नुपर्ने बाध्यता रहेकोसमेत बताएका छन ।

- Advertisement -
Ad image

गाउँपालिकाले जिम्म दिएको उक्त समितिलाइ पटक पटक फोन गरेर बुझदासमेत आज, भोली भनेर तार्ने गरेको स्थानियहरुले अरोप समेत लगाएको छन ।
यति लामो समय बितिसक्दा पनि सडक मर्मत नहँुदा हामीहरुले कस्तो सरकारलाई जिताएर पठाएछौं, भन्ने, प्रश्न आफुहरुले आफुलाई नै प्रश्न गर्न बाध्य भएको छौं ।

स्थानियहरुले बताए, यो सबैको साझा समस्या भएकोले छिटोे भन्दा छिटो सडक सुचारु गरिदिनु हुन स्थानियहरु अनुरोधसमेत गरेको त्यहाँबाट हाम्रा सहकर्मि किरणबाबु वलिले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array